Logo
|
Friday 26th April 2024
Logo

epaper

किन बढिरहेको छ टाइफाइट ज्वरो ?



केही दिनयतादेखि तनहुँको दमौली अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् ।

ज्वरो, भाइरल फिवर, दम, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको दमौली अस्पतालका डा सिर्जना शर्माले जानकारी दिनुभयो ।

एकसय छ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको दाबी उहाँले गर्नुभयो । जटिल किसिमका विरामीलाई पोखरा सिफारिस गरी पठाउने गरिएको डा शर्माले बताउनुभयो ।

दैनिक ७०÷८० जना बिरामी उपचारका लागि आउने गरेका छन् । यसअघि ४०÷५० जना बिरामी उपचारका लागि मुस्किलले आउँथे । बिरामीलाई खानपिन, व्यायाम र सरसफाइमा ध्यान दिन सल्लाह दिँदै आएको अस्पतालका चिकित्सकहरु बताउँछन् ।

व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्