Logo
|
Friday 26th April 2024
Logo

epaper

आज पनि वार्ता गदै सरकारी पक्ष



 

१६ औं दिनदेखि अनशनरत डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आज पनि वार्ता हुदै छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बस्नु भएका डा.केसी सरकारी पक्ष बीच छैटौं पटक वार्ता हुन लागेको हो । विभिन्न चरणमा भएको पटक—पटकको वार्तामा सरकारी पक्षले माग पुरा गर्ने तत्रपरता देखाएको छैन ।

आज पनि डा.केसीका प्रतिनिधिसँग सरकारी पक्षले वार्ता गर्ने बताएको छ । माथेमा आयोगको सुझाव अनुसार चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका माग गर्दै डा.गोविन्द केसी ११ औं पटक अनसनमा बस्नु भएको हो ।

वार्ता टोलीका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले पूर्व तयारी भइरहेकाले आज बेलुकासम्म वार्तामा बोलाउने बताउनुभयो । चिकित्सा शिक्षा ऐन संशोधनको क्षेत्राधिकार आफूहरुलाई नभएको भन्दै यस विषयमा सम्बन्धित पक्षबीच पक्षसँग समस्या समाधानको लागि छलफल भइरहेको ,उहाँले बताउनुभयो ।

यसैबीच अनशनरत डा.केसीको स्वास्थ्य अवस्था भने निकै कमजोर बनेको निगरानीमा रहेका चिकित्सकले बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्