Logo
|
Saturday 27th April 2024
Logo

epaper

औलाका बिरामीलाई झुल वितरण



पछिल्लो समय मौसम परिवर्तन भएसँगै जिल्ला अस्पतालका बिरामीलाई वडाध्यक्षको पहलमा वितरण गरिएको छ ।
बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाशबहादुर रावलको पहलमा जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले २५ जना बिरामीलाई झुल प्रदान गर्नुभएको हो । अस्पतालमा लामखुट्टेको टोकाइबाट एक महिनामा २६ जना औलोका बिरामी भर्ना भएका थिए

उपचारका लागि भर्ना भएका अन्य रोगका बिरामीलाई राति सुत्ने बेला लामखुट्टेले थप बिरामी पार्ने भएकाले आफ्नै पहलमा झुल उपलब्ध गराइएको गरेको वडाध्यक्ष रावलले बताउनुभयो ।

पछिल्लो समय तापक्रम वृद्धिले यस जिल्लामा समेत लामखुट्टेको प्रकोप बढिरहेकाले हामीले बिरामीका लागि झुलको व्यवस्थापन गरेका हौँ, नगर प्रमुख पदम बडुवालले भन्नुभयो ।

जिल्लास्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कुँवरका अनुसार तापक्रम बढेसँगै लामखुट्टेको संख्या वृद्धि भएको र जिल्लाका बडिमालिका नगरपालिका, बूढीनन्दालगायतका कम उचाइमा रहेका स्थानीय तहमा पछिल्लो समय औलोका बिरामी देखा परेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्