Logo
|
Saturday 27th April 2024
Logo

epaper

स्क्रबटाइफसको डेढ महिनाः २ को ज्यान गयो, १ सय ३९ संक्रमित



‘स्क्रबटाइफस’ रोगबाट डेढमहिनामा जिल्लामा दुई जनाको ज्यान गएको छ भने १ सय ३९ जना संक्रमित भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीकाअनुसार साउन १ गतेबाट भदौ १५ गते सम्ममा ५२९ जनाको रक्त परीक्षण गरिएकामा भरतपुर अस्पतालमा ४० जना, बकुलहर अस्पताल रत्ननगरमा ४० जना, चितवन मेडिकल कलेजमा ३१ जना, नारायणी सामुदायिक अस्पतालमा ४२ जना, मनकामना अस्पतालमा दुईजना, निर्णय डाइग्नोस्टिकमा १३ जना र सेन्टर अस्पतालमा एक जनामा स्क्रबटाइफसको लक्षण देखा परेको हो ।

केसीकाअनुसार उक्त रोगबाट साउन २२ गते नारायणी सामुदायिकमा भर्ना भएकी नवलपरासीको रजहरकी २४ वर्षीया एक महिला र नवलपरासीको लक्ष्मीपुरकी २१ वर्षीया अर्की एक महिलाको भदौ १० गते सेन्टल अस्पतालमा मृत्यु भएको थियो । ढिलागरी उपचार गर्न आएकाले उनीहरूको मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

गतवर्ष भरतपुरमा चार जनाको स्क्रबटाइफसबाट मृत्यु भएको थियो । गत वर्षको साउन एक महिनामा स्क्रबटाइफसबाट ७९ जना प्रभावित भएकोमा यस वर्ष साउन महिनामा १०४ जना प्रभावित भएकाले रोगीको संख्या बढ्दो रहेको केसीले बताउनुभयो ।

मुसाको शरीरमा हुने सुक्ष्म ‘माइट’ नामक कीराले टोकेमा यो रोग सर्ने गर्दछ । रासस

प्रतिक्रिया दिनुहोस्