Logo
|
Friday 26th April 2024
Logo

epaper

डेंगु परीक्षणमा बढि मूल्य नलिन एशोसियशनको आग्रह



रुपन्देहीमा अहिले डेंगु रोगको सङ्क्रमण बढेको छ ।
डेंगुको सङ्क्रमण बढेसँगै रुपन्देहीमा सञ्चालित विभिन्न ल्याबले डेंगु परीक्षणमा मनोमानी शुल्क लिएको सेवा ग्राहीले गुनासो गरेपछि मेडिकल ल्याब्रोटरी एशोसियशन नेपाल (मेलान) रुपन्देहीले बढि शुल्क नलिन आग्रह गरेको छ । पछिल्लो समय रुपन्देहीसहित यस क्षेत्रमा डेंगु रोगीहरु दैनिक रुपमा भेटन थालेपछि परीक्षण गर्ने सेवा ग्राही बढ्दै गएका छन् ।

मेलान रुपन्देहीका अध्यक्ष गुणानिधि खनालले प्रेस विज्ञप्ति जारी गरी डेंगु परीक्षण गरेको शुल्क रु एक हजार मात्र लिन पाउने गरी निर्णय भएको जानकारी गराउनुभयो ।

उहाँले मेलानका पदाधिकारीसहितको बैंठकबाट रु एक हजारभन्दा बढि रकम डेंगु परीक्षणमा लिन नपाउने गरी निर्णय भएको बताउनु भएको छ ।

साथै डेंगु परीक्षण गर्ने किटको अभाव भएको भन्ने हल्ला निराधार भएको र किट पर्याप्त मात्रामा रहेको जानकारी दिनुभयो । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मे सु डा कृष्ण खनालले हालसम्म १७० जना डेंगुका रोगी भेटिएको बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्