Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपाल स्वास्थ्य व्यवसायी महासंघमा कैलाश खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित



नेपाल स्वास्थ्य व्यवसायी महासंघमा सिनामंगलस्थित अनमोल मेडिकल सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक कैलास खड्काको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको छ । महासंघको १२ औं साधारण सभामा क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा नयाँ बानेश्वरस्थित सिर्जना मेडिकल सेन्टरका जिवनकुमार के.सी., उपाध्यक्षमा कुलेश्वरस्थित कुलेश्वर पोलिक्लिनिक प्रा.लि.का राजेन्द्र श्रेष्ठ, महासचिवमा रातोपुलस्थित वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक मुकुन्द भट्टराई, सचिवमा रातोपुलस्थित कमसम मेडिकलकी गायत्री जिसी, कोषाध्यक्षमा भ्याली मेडिकल सेन्टर प्रा.लि.का दाताराम काफ्ले हुनुहुन्छ ।

यसैगरी नवनिर्वाचित सदस्यहरुमा नयाँ बानेश्वरस्थित सहारा हेल्थ सेन्टरकी मिरा शर्मा, बिजुलीबजारस्थित फ्युजन पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर प्रा.लि.का डिबी गिरी, सामाखुशीस्थित क्यापिटल मेडिकल सेन्टर प्रा.लि.का फर्वा तमाङ, तिनकुनेस्थित चेतना स्वास्थ्य सेवा केन्द्र प्रा.लि.की चन्द्रमा राई, तिनकुनेस्थित सुधा क्लिनिक प्रा.लि.का दिपक कार्की, महाराजगञ्जस्थित लोटस पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर प्रा.लिका प्रदि फयुवा, बसुन्धरा स्थित शिखर पब्लिक पोलिक्लिनिक प्रा.लि.का रामप्रसाद लम्साल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्