Logo
|
Friday 26th April 2024
Logo

epaper

जुडो खेलाडी मगर ग्राण्डी अस्पतालबाट डिस्चार्ज



घुँडाको चोटको उपचारकालागी काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका जुडो खेलाडी रमेश मगर आज डिस्चार्ज भएका छन् ।

ग्राण्डी अनस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डे र टिमले उनको देब्रे घुँडाको सफल शल्यक्रिया गरेको हो ।

आफुले अर्को बर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकुदमा सहभागी भएर राम्रो नजिता निकाल्ने उद्देश्यसहित शल्यक्रिया घुँडाको शल्य गरेको जनाएका छन्।

सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुद- सागको उद्घाटनको अघिल्लो दिन लिफ्ट दुर्घटना पर्दा रमेश सहित नेपाली खेलाडीहरु घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धामा उत्रन सकेका थिएनन् । दुई वर्षअघि भारतमा भएको १२औं सागमा कास्य जितेर मगरले ढाका दुर्घटनाको पीडा बिर्सिएका थिए ।

सन् २०१० को दुर्घटना दुई वर्षअघिको सागमा फेरि बल्झिएपछि उनको अप्रेसन गरिएको हो । सन् २०१९ मा नेपालमा हुने सागमा स्वर्ण जित्ने उद्देश्य लिएका उनले ६ महिनापछि प्रशिक्षणमा फर्कने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्