Logo
|
Friday 26th April 2024
Logo

epaper

ओमको क्यान्सर विरुद्ध सचेतना अभियान



काठमाडौंको चावहीलस्थित ओम हस्पिटलले क्यान्सर विरुद्ध सचेतना अभियान शुरु गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर हस्पिटलले क्यान्सरबाट बच्न सबैलाई आव्हान गरेको छ ।

हरेक बर्षको फेब्रुअरी ४ तारेखमा मनाइने विश्व क्यान्सर दिवसअन्तर्गत विश्व स्वास्थ्य संगठनले सन् २०१६ देखि २०१८ सम्मका लागि हामी सक्छौ, म सक्छु भन्ने नारा तय गरेको छ । क्यान्सर विरुद्धको लडाईंमा व्यक्तिगत र सामुहिक रुपमा लाग्नुपर्ने अस्पतालका अध्यक्ष डाक्टर भोला रिजाल बताउनुहुन्छ ।

क्यान्सरलाई बेलैमा पहिचान गर्न सकेमा राम्रो उपचार प्राप्त गरी पीडारहीत जीवन जीउन सकिने उहाँको कथन छ । अस्पतालका क्यान्सर विशेषज्ञ डाक्टर प्रकाश निधि तिवारी भन्नुहुन्छ—‘शुरुको अवस्थामा क्यान्सरको राम्रो उपचार हुने भएकाले सम्भावित खतरा बोकेका व्यक्तिहरुले आफ्नो नियमित स्वास्थ्य परीक्षणमा क्यान्सरको पनि परीक्षण गर्नुपर्छ ।’

अस्पतालका प्रबन्ध निर्देशक बाबुकाकी कार्कीका अनुसार, ओम अस्पतालले लामो समयदेखि क्यान्सर रोकथाम र उपचारमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।
लामो समयसम्म घाउ निको नहुनु, अस्भाविक रुपमा तौल घट्नु, शरीरमा गिर्खाहरु देखा पर्नु्, दिसापिसावमा रगत देखा पर्नु, स्तनमा गाँठागुँठी देखिनु, कोठीहरु अस्भाविक रुपमा बढ्नु, लामो समयसम्म खोकी लाग्नु, छालाको रंग परिवर्तन हुँदै जानु, ज्वरो आइरहनु लगायतका लक्षणहरु क्यान्सर हुने वा भएका संकेत हुन् ।
क्यान्सर रोगको कारण यहि हो भन्न नसकेपनि अस्वस्थकर खानपिन, रहनसहन तथा वातारणीय प्रभाव प्रमुख मानिन्छ ।
करिब १० प्रतिशत क्यान्सर उमेर, लिङ्ग, बंशानुगत कारण लगायत छन् । सुर्ति वा सुर्तिबाट बनेका पदार्थहरू जस्तै चुरोट, बिँडी, तमाखु, खैनी, सुर्तिको सेवनले मुख, श्वासनली, फोक्सो, आमाशय, गर्भाशय, मूत्रनली, मिर्गौलालगायत शरीरका अन्य अङ्गको क्यान्सर हुन्छ ।
मादकपदार्थको सेवनले मुख, अन्ननली, पेट, आन्द्रा, स्तन, कलेजोका साथै अन्य अङ्गको क्यान्सर हुनसक्छ । अस्वस्थकर खानपिनले करिब ३५ प्रतिशत क्यान्सर हुने सम्भावना रहन्छ । यस्तै विकिरण अत्यधिक सौर्य विकिरणका साथै एक्स–रे, सिटिस्क्यानजस्ता उपकरणबाट निस्कने विकिरणको प्रभावले रगतका साथै अन्य अङ्गको क्यान्सर हुनसक्ने चिकित्सकहरु बताउँछन् ।
जीवनशैली र खानपानमा सुधार गरेमा ६० प्रतिशत र धुमपान–मध्यपान त्यागे मात्र पनि ३० प्रतिशतसम्म क्यान्सरबाट बच्न सकिने चिकित्सकहरुको भनाइ छ ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार करिव एक तिहाइ क्यान्सर लाग्नबाटै बचाउन सकिन्छ । प्रदुषणरहित वातावरण, विषाधी तथा रासायनमुक्त खानेकुराको प्रयोग, नियमित व्यायाम, नियन्त्रित शारीरिक तौल, कम चिल्लो र स्वस्थ्यकर खानपिनको सेवन गर्नु क्यान्सरबाट बच्ने पहिलो कदम हो । यसका साथै नियमित स्वास्थ्य परीक्षण गर्नु अर्को महत्वपूर्ण पाटो हो ।

प्रतिक्रिया दिनुहोस्