Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपाल मेडिसिटी हस्पिटल र मेटलाइफ इन्स्योरेन्सबीच सहकार्य



ललितपुरको भैंसेपाटीस्थित अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक नेपाल मेडिसिटी हस्पिटल र मेटलाइफ इन्स्योरेन्सबीच स्वास्थ्य बीमा प्रबद्र्धनमा सहकार्य भएको छ । नेपालीहरुलाई स्वास्थ्य बीमा प्रति जागरुक बनाई स्वास्थ्य सेवालाई सुलभ रुपमा उपलब्ध गराउन सो सहकार्य भएको हो ।

नेपाल मेडिसिटी हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र मेटलाईफ इन्स्योरेन्सका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

विश्वका अधिकांश देशहरुलाई स्वास्थ्य बीमाको प्रचुर उपयोगले आम जनताले स्वास्थ्यमा ढुक्क हुने अवस्था रहेको र अब नेपालमा सेवाका क्षेत्रमा उल्लेख्य लगानी, विकास र प्रवद्र्धन हुने आफूले आंकलन गरेको साथै स्वास्थ्य बीमा कार्यक्रमका माध्यमबाट सबै नेपालीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा लागेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले बताउनुभयो ।

‘नेपालमा अझ पनि स्वास्थ्य बीमा प्रति जागरुकता आइसकेको छैन, स्वास्थ्य सेवा सर्वसुलभ हुन सकेको छैन,’ अस्पताल निर्देशक प्रा.डा. सुनिलकुमार शर्माले भन्नुभयो— ‘अब नेपालमा सरकारी तथा गैह्रसरकारी सबै स्वास्थ्य संस्थाहरुले यसको प्रवद्र्धन गरी गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच बढाउनुपर्छ ।’

नेपाल मेडिसिटी ७ सय ५० शैयाको अन्तर्राष्ट्रिय अस्पताल भएको र नेपालीहरुको स्वास्थ्यको लागि भरपर्दो गन्तब्यको रुपमा परिचित छ । यसका सेवाहरु आम नेपालीले धान्न सक्ने भएकोले अब उपचारका लागि विदेश जानुनपर्ने अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनुभयो ।

स्वास्थ्य सेवालाई सुलभ बनाउने क्रममा नेपाल मेडिसिटी अस्पतालले साझेदारी अभियान अन्तर्गत नेपालका विभिन्न अस्पताल तथा सहयोगी संस्थाहरुसँग साझेदारी कायम गर्दै सबै संस्थाहरुको क्षमता अभिबृद्धि लगायतका कार्यक्रमहरुलाई पनि निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्