Logo
|
Friday 26th April 2024
Logo

epaper

१० कलर फ्लोसाइट्रोमेट्रि चाँडै सञ्चालनमा



राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अत्याधुनिक १० कलर फ्लोसाइट्रोमेट्रि आगामी बैशाखको पहिलो साता देखि सञ्चालनमा ल्याउने भएको छ । एशोसियसन अफ क्लिनिकल प्याथोलोजी अफ नेपालले आयोजना गरेको फ्लोसाइट्रोमेट्रि सम्बन्धी लेक्चर तथा छलफल कार्यक्रममा प्रयोगशालाकी प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्ट डा. रुणा झाले जानकारी गराउनुभयो ।
सो अवसरमा अमेरिकाको एरिजोना स्थित प्रसिद्ध मेयो क्लिनिकका ख्याती प्राप्त फ्लोसाइट्रोमेट्रिष्ट तथा हेमाटोप्याथोलोजी प्रमुख डा. फियोना ई. क्रेग ले फ्लोसाइट्रोमेट्रिको इतिहास तथा रगत सम्बन्धी क्यान्सर मा त्यसको उपयोगीता माथी प्रकाश पार्नु भएको थियो । शो कार्यक्रममा काठमाण्डौका विभिन्न अस्पताल तथा प्रयोगशालाबाट जम्मा ७३ जना प्याथोलोजिष्ट र प्याथोलोजीका विद्यार्थीहरु सहभागि भएका थिए ।
फ्लोसाइटोमिटर एउटा आधुनिक प्रयोगशालालाई नभई नहुने आधुनिक उपकरण हो । यसको प्रयोगबाट धेरै क्लिनिकल र रिसर्च गतिविधिहरु सञ्चालन गर्न सकिन्छ । रगत सम्बन्धी क्यान्सर निदानमा यसको विशेष स्थानछ । कुन प्रकारको रगत क्यान्सर हो, सोही अनुसार किमो थेरापी दिनु पर्ने हुनाले र फ्लोसाइटोमिटर बिना सधै कुन किसिमको क्यान्सर हो त्यसको एकिन गर्न नसकिने हुनाले यसको अत्यन्त महत्व रहने गरेको छ । हाल रगत सम्बन्धी क्यान्सरका बिरामीहरु चर्को मूल्य तिरेर (करिब १२ देखि १६ हजार सम्म) उक्त परिक्षण बिदेशी प्रयोगशालामा गराउदै आएको अबस्था छ ।

प्रतिक्रिया दिनुहोस्