Logo
|
Saturday 27th April 2024
Logo

epaper

आँखा उपचारकालागि सिटी क्लिनिक



 

 कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर, पाल्पाले आँखाका बिरामीलाई प्रभावकारी सेवा दिन सिटी क्लिनिक सेवा शुरु गरेको छ ।

रामपुर नगरपालिका–७, किसानबारीको कार्यालयबाट सेवा दिइरहेको केन्द्रले कार्यालय समय बाहिर पनि नागरिकलाई थप सेवा दिन सिटी क्लिनिक सेवा शुरु गरेको अध्यक्ष हुतराज पोखरेलले बताउनुभयो ।

बुधबार नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य एवं पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनका अध्यक्ष चकोरमान शाक्यले बेझाड बजारमा सिटी क्लिनिक भवनको उद्घाटन गर्नुभयो ।

उहाँले संसार देख्न वञ्चित रहेका नागरिकलाई विकट र दुर्गममा पुगेर सेवा दिने मुख्य उद्देश्य राखेर शुरु भएको पाल्पा लायन्स लाकौल आँखा अस्पतालले राम्रो सेवा दिँदै आएको बताउनुभयो । सिटी क्लिनिकमार्फत हरबखत यहाँका नागरिकलाई स्तरीय सेवा प्रवाह गर्न आँखा उपचार केन्द्रलाई अनुरोध गर्नुभयो ।

आँखा उपचार केन्द्रबाट वर्षेनि हजारौँ मानिसले सेवा लिइरहेका छन् भने आँखाका रोगीलाई अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ । रासस
–––

प्रतिक्रिया दिनुहोस्