Logo
|
Tuesday 19th March 2024
Logo

epaper

नेपाल मेडिसिटी र नेपाल नेशनल हस्पिटलबीच सेवा आदान–प्रदान गर्ने सम्झौता



ललितपुरको भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी र कलंकीमा अवस्थित नेपाल नेशनल हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ । मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र नेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार दुवै अस्पतालले एक अर्काको सेवा सुविधालाई बिरामीको उपचारमा सफलतापूर्वक उपयोग गर्ने लक्ष्य राखेका छन् । हस्ताक्षर पछि नेपाल नेशनल अस्पतालले थप एवं विशेष उपचारका लागि नेपाल मेडिसिटीसँग सहकार्य गर्ने अस्तालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौड्यालले बताउनुभयो ।

भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल नैपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालको रुपमा परिचित छ । पूर्णकालीन चिकित्सकहरु रहेको अस्पतालमा ७५० सैयाका लागि पुग्ने पुर्वाधारहरु रहेकाले पनि बिरामीलाई शान्त र सौहार्दपूर्ण वातावरण उपलब्ध हुने र उपचार सजिलै सम्भव हुने विश्वास गरिएको छ । यसका साथै अस्पतालले सोहि अनुरुपको सेवा प्रदान गर्दै आएको छ । हरेक भू–भाग र पृष्ठभूमिबाट आएका स्वदेशी तथा विदेशी नागरिकको स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा प्रदान गदै आएको र गर्दै जाने अस्पतालको लक्ष्य रहेको अस्पतालका महाप्रबन्धक रिमाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्