Logo
|
Saturday 27th April 2024
Logo

epaper

कसैले थर्काएर डराउँदैनौं : प्रधानमन्त्री



जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागबारे मंगलबार पनि औपचारिक वार्ता हुन सकेन । सरकारी टोलीले पहिला डा.केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपछि मागमा छलफलै हुन नसकेको डा. केसीका प्रतिनिधिले बताए । सोमबार र मंगलबारको अनौपचारिक वार्तापछि सरकार पेलेर अघि बढ्ने रणनीतिमा रहेको उनीहरूको निष्कर्ष छ ।

जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागबारे मंगलबार पनि औपचारिक वार्ता हुन सकेन । सरकारी टोलीले पहिला डा.केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपछि मागमा छलफलै हुन नसकेको डा. केसीका प्रतिनिधिले बताए। सोमबार र मंगलबारको अनौपचारिक वार्तापछि सरकार पेलेर अघि बढ्ने रणनीतिमा रहेको उनीहरूको निष्कर्ष छ।‘बिहान ९ बजेदेखि सरकारी पक्षसँग बस्दा पनि वार्ताको न्यूनतम वातावरण बन्न सकेन,’ छलफलमा संलग्न डा.अभिषेकराज सिंहले भने, ‘सरकारले पेलेर जाने रणनीति लिएजस्तो छ ।’ सरकारी पक्षले डा. केसीलाई उपचारका लागि काठमाडौं नल्याएसम्म कुनै कुरा नगर्ने अडान लिएको उनले बताए ।

‘सरकारी टोलीसँग एजेन्डा र मागबारे कुनै कुरा भएन, उहाँहरूले डा.केसीलाई काठमाडौं ल्याउन हेलिकप्टर तम्तयार राखेको मात्रै बताउनुभयो,’ केसीका प्रतिनिधि अधिवक्ता ओमप्रकाश अर्यालले भने । सरकारी टोलीले चिकित्सा शिक्षा विधेयक फिर्ता लिने विषयमा छलफल गर्नै नचाहेको उनले जनाए।

‘कसैले थर्काएर डराउँदैनौं’

प्रधानमन्त्री केपी ओलीले कसैले थर्काएको भरमा नडराउने बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित कार्यकर्ता भेटमा उनले भने, ‘संविधान, नियम, कानुन र विधिअनुसारै सरकारले काम गर्छ। जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउँदा थर्किने वा दबाबमा परेर निर्णय गर्ने काम हुँदैन ।’
दुई–चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकाले धैर्य गर्नुपर्ने उल्लेख गर्दै ओलीले भने, ‘चुनाव अघिको सरकारले देशमा जथाभावी गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन समय लागेको छ। विरोधीले सरकारविरुद्ध अफवाह फैलाएकाले त्यसको प्रतिवाद गर्न उनले कार्यकर्तालाई निर्देशन दिए । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्