Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपाल मेडिसिटी र नागरिक अस्पतालबीच सहकार्य



ललितपुरमा अवस्थित नेपाल मेडिसिटी र भक्तपुर अवस्थित नागरिक अस्पतालले विशेष सहमति गरेका छन् । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले औपचारिक रुपमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।

स्वास्थ्य क्षेत्रमा स्वास्थ्य संस्थाको बलियो समन्वय स्थापना गर्ने उद्धेश्यले क्षमता अभिवृद्धि सहित सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा जोड दिन सहमति गरिएको हो । अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारिएको नेपाल मेडिसिटीका महाप्रबन्धक रिमालले बताउनभयो ।

खासगरि, प्रविधि, पुर्वाधार र चिकित्सकिय दष्टिकोणमा अग्रणी भूमिका खेलीरहेको नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा नागरिक अस्पतालका प्रबन्ध निर्देशक नागेन्द्र झाले खुशी व्यक्त गर्नुभयो ।

अरबौ रकम खर्चीएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न र गराउन प्रेरित गराउन यो एक महत्वपूर्ण अभियान हुनेछ । सम्भव भएका उपचार नागरिक अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसंग सहकार्य हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्