स्टार हस्पिटलले एक महिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने (फोटोफिचर)
ललितपुरको सानेपा अवस्थित स्टार हस्पिटलले भाद्र महिना भर वृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्घाटन नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका प्रियंका कार्कीले गर्नुभएको हो ।
स्वास्थ्य नै सम्पत्ति भन्ने मुल नाराका साथ सञ्चालन हुने उक्त शिविरमा मुटु रोग, मृगौला रोग, कलेजो रोग, छाती रोग, पेट रोग, मधुमेह तथा थाईरोईड रोग सम्बन्धी चिकित्सकिय सेवा प्रदान गर्नुका साथै चिकित्सकको शिफारिस अनुसार गरिने परिक्षण, भर्ना शुल्क तथा अपरेशनमा ५०% छुट तथा औषधीमा १०% छुट दिने अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी ले बताउनुभएको छ ।
साथै महिलाहरुको महान चाड हरितालिका तिजलाई लक्षित गरी अस्पतालले भारी छुटका साथ महिला हेल्थ प्याकेज भाद्र महिना भर सञ्चालन भइरहेको अस्पतालका व्यवस्थापक हरी ढकालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्नुहुदैँ मुटु रोग विशेषज्ञ डा. देव कुमार न्यौपानेले स्वास्थ्य र सुन्दरता एकअर्काका परिपुरक भएको हुँदा सुन्दर रहन स्वस्थ मुटु र शरीरको आवश्यकता पर्ने भएकाले नियमित स्वास्थ्य जाँच गर्न सुझाव दिनुभएको छ ।