Logo
|
Saturday 27th April 2024
Logo

epaper

खराब जीवनशैली बाँझोपनको कारक



संसारमै दिनप्रतिदिन बाँझोपनको समस्या बढ्दै गएको छ । पुरुष होस् वा महिला, दुवै यस्तो समस्याबाट प्रभावित भएका छन् । यसको कारणबारे विभिन्न अनुसन्धान भएका छन् । त्यस्तै, कैयौँ अनुसन्धानले के पुष्टि गरेको छ भने अव्यवस्थित जीवनशैली बाँझोपन समस्याको प्रमुख कारण हो । यी हुन् बाँझोपन बढ्नुका प्रमुख कारण :

अत्यधिक मदिरापान
लिमिटेसनभन्दा बढी मदिरापानले पुरुषमा टेस्टोस्टेरन नामक हर्मोनको मात्रामा कमी ल्याउने काम गर्छ । टेस्टोस्टेरोन पुरुष हर्मोन हो । यस्तो हर्मोनको कमीले बाँझोपन र नपुंसकताको सम्भावना बढेर जाने गर्छ ।

धूम्रपान
विशेषगरी, सहरी क्षेत्रमा अधिकांश मानिस धूम्रपानको लतमा छन् । बूढाबूढी मात्र नभएर कम उमेरका मानिस पनि धूम्रपानको लतमा छन् । तर, क्षणिक आनन्दको रूपमा प्रयोग गर्ने धूम्रपानले भने बाँझोपनको समस्या निम्त्याउने सम्भावना अत्यधिक हुन्छ ।

अपर्याप्त निद्रा
व्यस्त जीवनशैलीका कारण मानिसले निद्रालाई त्यति धेरै प्रथामिकता नदिन पनि सक्छन् । जसको कारण मानिस बढी काम र कम सुत्ने गर्छन् । तर, मानिस दैनिक कम्तीमा सात घन्टा सुत्न जरुरी रहेको कुरामा सबै विशेषज्ञको एकमत छ । अपर्याप्त निद्राका कारण शरीरले टाक्सिक पदार्थको उत्पादन गर्छ । यसको कारण स्ट्रेस र डिप्रेसन बढेर जाने गर्छ । यसकै कारण महिला, पुरुष दुवैमा बाँझोपनको समस्या निम्तिन सक्छ ।

बढी तनाव
अत्यधिक तनावले शारीरिक तथा मानसिक रूपमा कैयौँ असर पर्ने गर्छ । हेभी स्ट्रेसकै कारण पुरुषमा टेस्टोस्टेरोन नामक हर्मोन उत्पादनको मात्रामा कमी आउन सक्छ । जुन नपुंसकताको कारण बन्न सक्छ । जनरल ह्युमन प्रोडक्सनको रिपोर्टअनुसार लगातार स्ट्रेसमा रहँदा महिलामा समेत बाँझोपनको समस्या आउन सक्छ ।

मोटोपन
पछिल्लो समस्या प्रायः मानिसमा मोटोपनको समस्या देखिने गर्छ । यसको मुख्य कारण नै अव्यवस्थित जीवनशैली हो । बढी मोटो भएकै कारण पुरुषमा टेस्टोस्टेरन नामक हर्मोनको मात्रामा कमी आउन थाल्छ । जसले प्रजनन क्षमतामा नकारात्मक असर पुर्‍याउने गर्छ । मोटोपनबाट मधुमेह हुने खतरा पनि उत्तिकै हुन्छ । जसले पुरुषमा नपुंसकताको समस्या निम्त्याउन सक्छ । मोटोपनले महिलामा पनि बाँझोपनको समस्या सिर्जना गर्छ ।

बढ्दो उमेर
लाइफस्टाइल परिवर्तनकै कारण दम्पतीले ढिलो गरी फेमिली प्लानिङ गर्छन् । बढ्दो उमेरको असर खासगरी महिलाको प्रजनन क्षमतामा पर्न जान्छ । महिलाको उमेर बढ्दै जान्छ तर प्रजनन क्षमता भने घट्दै जाने गर्छ । किनकि, बढ्दो उमेरसँगै उनीहरूको डिम्ब उत्पादनमा कमी आउने गर्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्