Logo
|
Saturday 27th April 2024
Logo

epaper

स्टार हस्पिटल र एभरेष्ट बैँक बिच सम्झौता



ललितपुरको सानेपा स्थित स्टार हस्पिटल र एभरेष्ट बैँक बिच सहकार्य गर्ने सम्झौता भएको छ । स्टार हस्पिटलको तर्पmबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा एभरेष्ट बैँकका तर्फबाट बैँकको मार्केटिङ्ग विभाग प्रमुख पुष्प राज उप्रेतीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
अब स्टार हस्पिटलले एभरेष्ट बैँकका ग्राहक र ग्राहकका परिवारलाई उपचार खर्चमा १५% सम्म छुट प्रदान गर्ने भएको छ । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैँकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ ।
साथै अस्पतालले नजिकिदँै गरेको चाडपर्वलाई लक्षित गरी “सुख, शान्ती, समृद्धी तथा सु–स्वास्थ्यको बहार, स्टारले ल्यायो हेल्थ प्याकेजमा छुटै छुटकोे उपहार” भन्ने नाराका साथ आकर्षक छुटमा “स्टार फेस्टिभ अफर–हेल्थ प्याकेज” संचालन गरिरहेकोे अस्पतालका व्यवस्थापक हरि ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्