Logo
|
Friday 26th April 2024
Logo

epaper

औषधिको प्रयोगले ७० हजारभन्दा बढीको मृत्यु



औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै अमेरिकामा औसत आयू घटेको छ । अमेरिकी सरकारको प्रतिवेदनमा सन् २०१७ मा औषधिको प्रयोगले ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ ।

सन् २०१६ को तुलनामा औषधिको प्रयोगमा ९ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ भने आत्महत्यामा ३ दशमलव ७ प्रतिशत बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा औसत आयू सन् २०१६ को तुलनामा शून्य दशमलव १ ले कमी आएको छ । अर्थात् औसत आयू ७८ दशमलव ६ वर्ष भएको छ ।

अमेरिकामा पछिल्ला वर्षमा अफिमको प्रयोग, दुखाई कम गर्ने औषधि तथा हेरोइन र फेन्टानाइल जस्ता लागूपदार्थको प्रयोग बढ्दै गएकाे अध्ययनले देखाएकाे छ । एक दशकपछि सन् २०१५ मा अमेरिकीकाे औसत आयूमा कमी आएको थियो । जसको प्रमुख कारण औषधिको ‘ओभरडोज’ मानिएको थियाे ।

राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का विश्लेषक रोबर्ट एन्डरसनका अनुसार सन् २०१४ देखि हालसम्म औसत आयूमा शून्य दशमलव ३ प्रतिशतले कमी आएकाे छ ।

‘औसत आयू घट्टो क्रममा रहेकाले चिन्ता लागेको एन्डरसनले बताए । यस्तै समस्या सन् १९१८ को विनाशकारी फ्लू र पहिलो विश्वयुद्धमा समेत नदेखिएको उनले बताए । सीडीसीको सन् १९९९–२०१७ को अवधिको अत्यधिक औषधि सेवनबाट भएको मृत्युको विश्लेषणले सन् २०१७ मा मात्र ७० हजार २ सय ३७ जनाको औषधि ओभरडोजले मृत्यु देखाएकाे छ ।

सन् २०१६ मा सन् २०१५ को तुलनामा २१.६ प्रतिशत मानिसको मृत्यु औषधिको ओभरडोजले भएको थियाे ।

रासस

प्रतिक्रिया दिनुहोस्