Logo
|
Friday 26th April 2024
Logo

epaper

भक्तपुर क्यान्सर अस्पतालमा नयाँ उपकरण र विशेषज्ञ चिकित्सकहरु भित्रिँदै



भक्तपुर क्यान्सर अस्पतालमा हालै प्याथोलोजीको एडभान्सड् मेशिन (भिटोज ३५) जडान गरिएको छ । यस अत्याधुनिक मेशिनबाट हिमाटोलोजी बायाकेमेस्टी, ट्यूमरमार्करलगायत क्यान्सरसम्बन्धि सबै प्रयोगशाला परीक्षण हुनेछ ।
अस्पतालका कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. राकेश पाठकका अनुसार, यो एड्भान्सड् टेक्नोलोजी भएको र आम सर्वसाधारणले सरल र सुलभ मूल्यमा प्याथालोजी सेवा प्राप्त गर्न सक्छन् ।
अर्का कन्सल्टेन्ट प्याथोलोष्टि डा. सनत चालिसेले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई रोग पहिचानमा निकै मद्धत पुग्ने बताउनुभयो ।
अस्पतालका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले क्यान्सर भएका बिरामीहरुका लागि दिइने अत्याधुनिक रेडिएसन मेसिन (लिनायक) चाँडै अस्पतालमा जडान हुन लागेको बताउँदै आम सर्वसारधाणले सस्तो र भरपर्दो सेवा प्राप्त गर्नसक्ने जानकारी दिनुभयो ।
यसैगरी अस्पतालमा बाल क्यान्सर विशेषज्ञ डा. सुष्मा गुरुङ, अंकालोजिष्ट डा. राजिब शाह लगायतले अस्पतालमा महत्वपूर्ण सेवा प्रदान गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्