प्रविधिको प्रयोगमा एप्लिकेसन स्पेसलिस्टको भूमिका

जनस्वास्थ्य सरोकार, काठमाडौं || प्रकाशित मिति :2019-03-18 09:56:27

सुदिप थापा ,एप्लिकेसन स्पेशलिष्ट / इस्ट वेस्ट कन्सर्न प्रा.लि.

सुदिप थापा इस्ट वेस्ट कन्सर्न प्रा.लि.मा एप्लिकेसन स्पेशलिष्ट हुनुहुन्छ । खासगरी उहाँले सिटी स्क्यान, एम.आर.आई. र क्याथ ल्यावको एप्लिकेसन सपोर्ट हेर्नुहुन्छ । यसबारे थापासँग जनस्वास्थ्य सरोकारले गरेको संक्षिप्त कुराकानी ।

एप्लिकेसनको महत्व के छ ?
अत्याधुनिक प्रविधिका कारण उपचार गर्ने नयाँ प्रक्रियाको थालनी भएको छ । नयाँ प्रकारका रोगहरु पत्ता लाग्दै आएका छन् । रोग डायग्नोसिसमा रेडियोलोजी प्रविधिले निकै मद्धत पु¥याउँछ । मुलुकमा विदेशबाट आयात गरेर ल्याइएको रेडियोलोजीसम्बन्धि मेसिन स्वास्थ्य संस्थामा जडान गरिसकेपछि यसको कार्य सञ्चालन, उपयोगमा ल्याउने तरिका, बिरामीलाई दिने भरपर्दो सुविधा जस्ता काममा एप्लिकेसन स्पेशलिष्टको भूमिका महत्वपूर्ण हुन्छ । मेसिन जडान भएको ठाउँहरुमा सपोर्ट सेवा प्रदान गर्नुपर्छ ।

एप्लिकेसन स्पेशलिष्टको काम के हो ?
अहिलेसम्म मुलुकभर सिमेन्स कम्पनिका ५० वटा सिटी स्क्यान, २० वटा एम.आर.आई. र १० वटा क्याथल्याव उपलब्ध गराउन सफल भइसकेका छौं । उपकरण जडान भएको पहिलो चरणमा मेसिनबारे सम्बन्धित चिकित्सक र प्राविधिकहरुलाई बेसिक ओरिन्टेसन तालिम प्रदान गर्नुपर्छ । टेक्निसियनलाई उपकरण चलाउने तरिकाबारे तालिम प्रदान गर्नुपर्छ । बिरामीलाई सेवा दिँदा गराउनुपर्ने तयारी, परीक्षण गर्ने तरिका, पोस्ट केयर विधिलगायतका सेवा प्रदान गर्नुपर्छ । बिरामीलाई भरपर्दो सेवा उपलब्ध गराउन मेसिन जडान भएको एक हप्ता जति नियमित सर्पोट गर्दै आएका हुन्छौं । सेवा प्रदायक संस्थाका टेक्निसियनलाई सक्षम गराउनु हाम्रो पहिलो कर्तव्य हो । बेलावखत उपकरणमा कुनै समस्या देखिएमा तत्काल समाधानका लागि हाजिर हुने गर्दछौं । आफूले सेटअप गरेका प्रोटोकल र प्यारामिटर ठीक भएनभएको फलोअप गर्नुपर्छ । यसका लागि सम्बन्धित संस्थाका टेक्निसियनहरुसँग फिडब्याक लिनुपर्छ ।

एप्लिकेसन स्पेशलिष्टको आवश्यकता हुनुको पछाडिको रहस्य के हो ?
आयातित मेसिनहरु जडान भएपश्चात् सञ्चालनमा ल्याउने व्यक्ति सधैँ एकैनासको हुन सक्दैनन् । उपकरण सञ्चालन गर्ने तरिका सिकेका व्यक्तिले कम्पनि छोडेर जान सक्छन् । त्यसैले उपकरण सञ्चालनमा ल्याउने व्यक्तिलाई तालिम प्रदान गर्न एप्लिकेसन स्पेसलिस्टको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले कम्पनिहरुले एप्लिकेसन स्पेशलिष्ट तयारी अवस्थामा राखेका हुन्छन् । इष्टवेष्ट कम्पनिले इन हाउस एप्लिकेसन स्पेशलिष्टहरुको सुविधा उपलब्ध गराउँछ । कतिपय कम्पनिले नेपालमा एप्लिकेसन स्पशेलिष्ट राखेका छैनन् । मेसिन जडानका लागि सम्बन्धि कम्पनिबाट नै स्पशेलिष्ट आउँछन् र सिकाएर गएका हुन्छन् । कथन कदाचित मेसिनमा समस्या आएमा उचित समयमा मेसिनको मर्मत सम्हार हुन सक्दैन र बिरामीले सेवाका लागि लामो समय कुर्नुपर्छ ।

यहाँको दिनचर्या कसरी बितेका छन् ?
हरेक दिन अफिसभन्दा बाहिर साइट भिजिटमा नै दिनहरु बित्छन् । हरेक दिन नयाँ कुरा सिकिरहेको हुन्छु र सिकेका ज्ञान अरुलाई पनि सिकाइरहेको हुन्छु । नयाँ टेक्नोलोजीबाट प्रदान गर्ने सुविधाबारे सम्बन्धित व्यक्तिहरुले तालिम लिइरहेका हुन्छन् । हरेक दिन आफूलाई लर्निङ अपरच्युनिटिको रुपमा लिएको छु । इष्टवेष्टले हरेक वर्ष नयाँ नयाँ प्रविधि भित्र्याउने भएकाले मेरो सिकाइ ‘नेभर इन्डिङ’ ।
अहिलेसम्मको करियरमा कति जति एप्लिकेसन सेवा प्रदान गर्नुभयो ।
तीन वर्षको अन्तरालमा ३० ओटा भन्दा बढि एप्लिकेसन सपोर्ट सेवा दिइसकेको छु । नयाँ प्रोजेक्ट पनि आउँदैछन् ।

इष्टवेष्टले न्युरो उपचार सेवामा के के सामान आपूर्ति गर्दै आएको छ ?
इष्टवेष्टले SIEMENS कम्पनिको इमेजिङ र रेडिएसन थेरापी सेवा लिन मिल्ने मोडालिटीको उपकरण भित्र्याइरहेको छ । यसबाट डायग्नोसिस र इन्स्ट्यान्ट ट्रिटमेन्ट पनि गर्न सकिन्छ । इष्ट वेष्ट कन्सर्नले न्युरोको इमेजिङ थेरापीका लागि सिटी स्क्यान, एमआरआइ र क्याथल्याब सेवा उपलब्ध गराउँछ ।
इष्टवेष्ट कन्सर्नले नेपालमा SIEMENS कम्पनिको १.५ देखि ३ टेस्लासम्मको एमआरआई मेसिन भित्र्याइरहेको छ । SIEMENS ले बजारमा ल्याएको ७ टेस्लाको एम.आर.आई. क्लिनिकल प्रयोगमा आइसकेको छ । एसियामा अहिले सम्म आएको छैन । केही वर्षभित्र नेपालमा पनि ७ टेस्लाको एम.आर.आई. भित्रिनसक्छ ।
यसैगरी SIEMENS को सिटी स्क्यान मेसिन सिङ्गल स्लाइस देखि २ सय ५६ स्लाइस सम्मको छ । न्युरो समस्या डायग्नोसि गर्न सिङ्गल स्लाइसबाट पनि हुन्छ । तर एड्भान्सड् प्रोसिड्योर गर्न मल्टिस्लाइस सिटीको जरुरत पर्छ ।
एम.आर.आई.को तुलनामा सिटी स्क्यानबाट तत्काल समस्या पहिचान गर्न सकिन्छ । सिटीले ३ सेन्केडमा पुरा शरीर स्क्यान गरिदिन्छ । सिटी र एम.आर.आई.बाट समस्या पहिचान भइसकेपछि उपचारका लागि बिरामीलाई क्याथ ल्यावमा लगिन्छ । न्युरो सर्जनले शल्यक्रिया गर्न पहिले सिटी, एम.आर.आई. र क्याथल्याबको इमेज हेर्छन् । ट्युमर निकाल्दा नसा कति काटिन्छ ? नसा काटिएमा बिरामीलाई हुनसक्ने खतरासम्बन्धि सम्पूर्ण जानकारी लिइसकेपछि मात्र शल्यक्रिया गरिन्छ ।
बिरामीको हात खुट्टा नचलेको अवस्थामा बिरामीको हातखुट्टा चलाउने भागले काम गरेनगरेको हेर्न एम.आर.आई.बाट फङ्सनल टेस्ट पनि गर्न सकिन्छ । ट्युमरको शल्यक्रिया गर्दा ट्युमर वरिपरीको नसा काटिनसक्ने सम्भावनलाई मध्यनजर गरेर कुन पाथ वे बाट जाने भनेर न्युरो न्याभिगेसन सिस्टमको प्रयोग गरिएको हुन्छ ।
बिराटनगरको नोबेल मेडिकल कलेजमा अत्याधुनिक 3 Tesla MRI Neuro OT सँगै जोडिएर Hybrid OT बनेको छ । यो एसियाकै उत्कृष्ट Hybrid OT को उदाहरणमा पर्छ । यसरी नेपालमा पनि न्युरो सम्बन्धि विश्वकै उत्कृष्ट प्रविधि भित्रिएको छ ।

    Comment Here!