Logo
|
Sunday 28th April 2024
Logo

epaper

बीर अस्पतालमा क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक प्रविधि टोमोथेरापी सेवा शुरु

टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून



जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा टोमोथेरापी सेवा शुरु भएको छ । यो क्यान्सर उपचारमा प्रयोग गरिने अत्याधुनिक प्रविधि हो । यसले क्यान्सरग्रस्त कोषमा मात्र रेडिएसन प्रवाह गर्ने र ट्युमरमा हुने परिवर्तन अनुगमन गरी रेडिएसन सुनिश्चित गर्छ । टोमोथेरापीमा ३६० डिग्रीबाट उपचार गर्न सकिन्छ । यो सन् २००२ देखि विश्व बजारमा प्रयोगमा आइरहेको छ ।


हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले एक औंश बराबर पनि फरक नपर्ने गरी क्यान्सरग्रस्त कोषमा रेडिएसन प्रवाह गरिन्छ । यसले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैन । साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी रेडिएसन सुनिश्चित गर्छ । रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुन्छ । टोमोथेरापी उपकरण चौडा, खुला र गोलाकार हुन्छ । त्यसैले सजिलोसँग सुतेर उपचार गर्न सकिन्छ ।


टोमोथेरापी मस्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर, टाउको, घाँटी र मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर, फोक्सोको क्यान्सर, छालाका क्यान्सर, प्रोस्टेट क्यान्सर, खाना नली र पाचन प्रणालीका क्यान्सर, सर्भाइकल, ओभ्यारियन, पाठेघरको मुखको क्यान्सर, गर्भासयको क्यान्सर, कोलोन, पेट, रेक्टल र एनल क्यान्सर, कलेजो र फियो क्यान्सर, शरीरका विभिन्न ठाउँमा भएका विस्तारित क्यान्सर, प्रत्यारोपणअघि गरिने रगतसम्बन्धी रोगको उपचार (जस्तैः ल्युकेमिय) लगायतका उपचारमा प्रयोग गर्न सकिने जनाइएको छ ।


वीर अस्पतालले करिब ४० करोड लागतमा यो खरीद गरेको हो । मेसिन लाइफलाइन ट्रेड इन्टरनेसनल प्रा.लि.ले सप्लाई गरेको हो । यसअघि सप्लायर्सले ल्याएको टोमोथेरापी अस्पतालमा प्राविधिक र प्रशासिनक समस्याका कारण बलम्बु स्थित सशस्त्र प्रहरी बल अस्पतालको चौरमा कन्टेनर भित्र राखिएको थियो । कन्टेनरबाट पानी चुहिएर मेसिन बिग्रिएरपछि सोही मेसिनको शोधभर्नामा अर्को मेसिन मगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्