विश्व प्रख्यात अमेरिकन कम्पनि एबोटको अटो लोडर फाइभ पार्ट हेमाटोलोजी एनालाइजर नेपाली बजारमा

जनस्वास्थ्य सरोकार, काठमाडौं || प्रकाशित मिति :2019-04-03 05:55:24

विश्व प्रख्यात अमेरिकन कम्पनि एबोट (Abbot) को सानो साइजको अटो लोडर फाइभ पार्ट हेमाटोलोजी एनालाइजर मेसिन नेपाल भित्र्याइएको छ । यो कम्लिट ब्लड सेल काउन्ट (गणना) गर्ने हेमाटोलोजी मेसिन हो ।

नेपालको लागि आधिकारिक बिक्रेता ल्याब लाइन ट्रेडर्सले यो मेसिन नेपालमा भित्र्याएको हो । सेवाप्रदायक संस्था र बिरामीको सुविधालाई ध्यानमा राखेर यस प्रकारको हेमाटोलोजी एनालाइजर नेपाल भित्र्याउने ल्याबलाइन ट्रेडर्स पहिलो भएको प्रबन्ध निर्देशक विकेश श्रेष्ठले बताउनुभयो ।
विशेषता
हातको सहारामा माइक्रोस्कोपबाट काम गर्दा रगतमा प्लेटलेट, डब्लुबिसी गणना नमिलेको पनि हुनसक्दछ । तर अटो लोडर फाइभ पार्ट हेमाटोलोजी एनालाइजरले अटोमेटिकल्ली काम गर्ने भएकाले रगतको सही रिपोर्ट उपलब्ध गराउँछ । रिपोर्टमा कुनै पनि त्रुटी आउँदैन । यो मेसिनबाट रगत सम्बन्धि पूरा ब्लड काउन्टका साथै क्यान्सरलगायतका विभिन्न रोगहरु परीक्षण गर्न सकिन्छ ।
यस अघि ल्याब लाइन ट्रेडर्सले सन् २०१७ को अन्त्यतिर एबोटको क्लियामा आधारित इम्युनो ऐसे मेसिन मुलुकमा भित्र्याएको थियो । नेपालका सेवा प्रदायक स्वास्थ्यसंस्थाहरुले यसलाई अत्यधिक रुचाए । सन् २०१८ मा मात्र नेपाली बजारमा कम्पनिले एक दर्जनभन्दा बढी बिक्री गर्न सफल भएको ल्याबलाइनका प्रबन्ध निर्देशक श्रेष्ठले जनस्वास्थ्य सरोकारलाई जानकारी दिनुभयो ।

    Comment Here!