Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वास्थ्य राज्यमन्त्री यादवको अस्पतालमा झुण्डिएको अवस्थामा नर्सको शव फेला



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अस्पतालमा एक नर्सको झुन्डिएको अवस्थामा भेटिएकी छन् ।

राज्यमन्त्री यादवले सञ्चालन गरेको यादवद्वारा जानकी हेल्थ केयर एन्ड रिसर्च सेन्टरमा कार्यरत नर्स रक्षा आले झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शबको पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
मृतकका आफन्तले घटना आत्महत्या नभइ हत्या भएको हुनसक्ने भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् ।

के भन्छन् स्वास्थ्य राज्यमन्त्री ?
यता काठमाडौँमा रहेका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले घटनालाई दुखद भएको प्रतिक्रिया दिनुभएको छ । ‘घटना आफैमा दुखद हो । यस्तो हुनुहुँदैन थियो,   म दु:खी छु । मैले स्थानीय प्रशासनलाई हिजो राती नै निर्देशन दिएको छु,’ राज्यमन्त्री डा. यादवले  भन्नुभयो ।आफूले घटना गयराती १२ बजे तिर नै जानकारी पाएको भन्दै त्यसपछि स्थानीय प्रशासनलाई तत्काल छानवीन अघि बढाउन निर्देशन दिएको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्