आन्दोलनको पर्वाह नगरी बिरामीको उपचारमा समर्पित चिकित्सक
“अस्पतालमा हड्ताल होला, उपचार नपाइएला कि भन्ठानेको थिएँ, भक्तपुरमा त त्यस्तो रैनछ, उपचार गरेर फर्कंदैछु”, काभ्रे देउपुर मण्डनबाट स्वास्थ्य परीक्षणका लागि भक्तपुर अस्पतालमा उपचार गराउन आउनुभएकी ४८ वर्षीया सीता शर्माले