Logo
|
Wednesday 8th May 2024
Logo

epaper

आन्दोलनको पर्वाह नगरी बिरामीको उपचारमा समर्पित चिकित्सक



“अस्पतालमा हड्ताल होला, उपचार नपाइएला कि भन्ठानेको थिएँ, भक्तपुरमा त त्यस्तो रैनछ, उपचार गरेर फर्कंदैछु”, काभ्रे देउपुर मण्डनबाट स्वास्थ्य परीक्षणका लागि भक्तपुर अस्पतालमा उपचार गराउन आउनुभएकी ४८ वर्षीया सीता शर्माले खुशी व्यक्त गर्नुभयो ।

अस्पतालमा हड्ताल छ भन्ने सुने पनि रोगले दुःख दिएपछि अस्पताल आएको बताउँदै उहाँले भन्नुभयो, “हामी गरीबले जाने सरकारी अस्पताल नै हो, गएपछि जे त होला भनेर श्रीमान्ले भन्नुभयो, अनि सँगै आयाँै, एक घण्टामै डाक्टर देखाउने पालो आयो ।”

अस्पतालमा हड्ताल छ भनेर केही समाचारमाध्यमले समाचार बनाएकै भरमा गरीब बिरामी अस्पताल नआई घरमै बसिरहेको भक्तपुर अस्पताल आउनुभएका प्रकाश तामाङले बताउनुभयो । घरमा श्रीमती राधिका भाइरल ज्वरोले थलिएको तीन दिनपछि भक्तपुर अस्पताल आउनुभएका काभ्रे नैचालका खड्काले आज भने श्रीमतीको उपचार गराउन पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “भाइरल ज्वरोले गाउँमा चार जना बिरामी छन्, अस्पताल बन्द छ भनेर एफएममा सुनियो, होइन पो रैछ, अस्पताल आएपछि थाहा भयो, गाउँमा गएर सबैलाई उपचार गर्न अस्पताल पठाउँछु ।”

भक्तपुर अस्पतालका सुपरिटेण्डेण्ट डा सुधा देवकोटाले बिरामीको उपचार गर्ने अधिकारलाई अस्पतालले कुण्ठित नपारेको बताउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलन आफ्नै ठाउँमा छ, आन्दोलन भनेर अस्पताल आएका बिरामीको उपचार नगरी फर्काउनु त भएनन् नि, त्यसैले उपचार गराएका छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्