Logo
|
Thursday 28th March 2024
Logo

epaper

सिजनल इन्फ्लुएन्जा



मौसम परिवर्तन सुरु भएलगत्तै मानिसलाई रुघाखोकी लाग्ने तथा ज्वरो आउने समस्या आमरूपमा देखिने गरेको छ। वातावरणमा आएकोSwain flue परिवर्तनसँगै मानिसको स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्ने भएकाले मौसम परिवर्तनको समयमा हरेक मानिसलाई रुघाखोकी लाग्ने चिकित्सकको भनाइ छ।

मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेका कारण अहिले अस्पतालमा मानिस स्वाइनफ्लुको आशंकामा अस्पतालमा उपचारका लागि जाने क्रम बढिरहेको चिकित्सकले बताएका छन्। टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार मौसममा आएको परिवर्तनसँगै केहीयता रुघाखोकीका बिरामी बढेका र तीमध्ये धेरैजसो स्वाइनफ्लुको आशंकामा उपचारका लागि आउन थालेकाले अस्पतालमा भीड बढ्न थालेको छ।

मौसममा आएको परिवर्तनसँगै मानिसमा देखापर्ने रुघाखोकी तथा ज्वरोलाई मौसमी ९सिजनल० इन्फ्लुयन्जा भनिन्छ। डा। वासुदेव पाण्डेका अनुसार, कुनै एउटा मौसममा रहिरहेको शरीर तुरुन्त अर्को मौसममा जान खोज्दा एकैपटक मौसमअनुसार परिवर्तन हुन नसक्ने र मानवशरीरको रोग प्रतिरोधात्मक क्षमता पनि परिवर्तन हुन समय लाग्ने भएकाले अधिकांश मानिसमा यस्ता समस्या देखिने गर्छ। उनले मौसम परिवर्तनसँगै केही दिनयता रुघाखोकीका बिरामी बढेको जानकारी दिँदै सामान्य अवस्थाका रुघाखोकीलाई समेत हेलचेक्र्याइँ नगरी बिरामीलाई आराम गर्न र प्रशस्त तरल खानेकुरा पिउन सल्लाह दिए।

सिजनल इन्फ्लुयन्जा अति नै छिटो सर्ने रोग हो। यो रोग भाइरसका कारण लाग्ने गर्छ। भाइरसबाट लाग्ने अरू रोगको तुलनामा यो रोगलाई साधारण रोगका रूपमा लिने गरेको डा। पाण्डेले बताए। उनका अनुसार, मानिसलाई यो रोग वर्षको २ देखि ३ पटक प्रायः सबैलाई लाग्ने गरेको नागरिक दैनिकमा खबर छ ।

ुविशेषगरी यो रोग मौसम परिवर्तन हुने समयमा लाग्ने भएकाले यसलाई सिजनल इन्फ्लुयन्जा तथा मौसमी रुघा भन्ने गरिन्छ,ु डा। पाण्डे भन्छन्, ुयो रोगले नाक तथा घाँटीमा असर पार्छ र यो एक व्यक्तिबाट अर्को व्यक्तिमा एकदम छिटो गर्छ।ु मौसममा आएको परिवर्तनअनुसार, शरीर परिवर्तन हुन समय लाग्ने भएकाले यो रोग लाग्ने भए पनि मौसमअनुसारको लुगाफाटा नलगाउनाले, सरसफाइमा र खाने कुरामा ध्यान नदिनाले, जाँड–रक्सी तथा धूमपान सेवन गर्ने बानीले पनि यो रोग सबै उमेरका मानिसलाई लाग्ने गरेको डा पाण्डेले बताए।

उनका अनुसार यस्ता इन्फ्लुएन्जाका कारण हुने रुघाखोकी सामान्यतया आफैँ पनि निको हुन्छ। कहिलेकाहीँ जटिलता पनि आउने हुँदा यसकै कारण विश्वमा हजारौँ मानिसको मृत्यु पनि हुने गरेको छ। त्यसकारण बच्चा, गर्भवती तथा अन्य रोगका बिरामीले यो रोगमा विशेष ध्यान दिन आवश्यक छ।

भाइरसका कारण हुने सिजनल इन्फ्लुयन्जा भाइरसका ए, बी र सी तीन समूहमध्ये ुएु समूहको भाइरसका कारण हुने श्वासप्रश्वाससम्बन्धी सरुवा रोग हो। डा। पाण्डेका अनुसार, यो भाइरसले मानिसको नाक, घाँटी र फोक्सोमा आक्रमण गर्ने गर्छ। यो इन्फ्लुयन्जाको मुख्य लक्षण भनेको नै रुघा लाग्नु हो। यसका अलावा सामान्य ज्वरो आउने, जीउ दुख्ने, नाक सनसनाउने, घाँटी खसखसाउने, सास फेर्न अप्ठ्यारो हुने, पातलो सिँगान आउने, अल्छी लाग्ने, घाँटी दुख्ने, छाती दुख्ने, टाउको दुख्ने तथा खान मन नलाग्नेजस्ता लक्षण पनि देखा पर्छन्।

सिजनल इन्फ्लुयन्जामा घरेलु औषधि र झोल खानेकुराको सेवन नै महत्वपूर्ण उपचार मानिन्छ। रुघाखोकीमा मात्र नभएर स्वाइनफ्लुका लागि पनि यही घरेलु उपचार पद्धति अपनाइन्छ। प्रशस्त मात्रामा तरल पदार्थ पिउने, तातोपानी पिउने, पोषणयुक्त खानेकुरा खाने, भिटामिन ुसीु युक्त फलफूल, खाने, उचित आराम गर्ने, बिरामीलाई न्यानो पारी राख्नाले रुघाखोकी सामान्य अवस्थामै निको हुने गर्छ।

चिकित्सकका अनुसार, यी रोग मानिसमा एक–अर्काको प्रत्यक्ष सम्पर्कबाट सर्ने हुनाले हाच्छयूँ गरेपछि, खोकेपछि हात धुनु जरुरी हुन्छ। हात नधोइकन अरू सामानको प्रयोग गर्दा ती भाइरस जीवित रही अर्कामा सर्न पुग्छन्। यदि, हात धुन सम्भव नभएमा दुई हातलाई आपसमा मज्जाले रगडेमा पनि कीटाणु मर्ने चिकित्सकको भनाइ छ। खोक्दा, हाच्छयूँ गर्दा सकेसम्म हातले नछोपी रुमाल वा त्यस्तै अरू सफा वस्तुको प्रयोग गरेमा अरूलाई सर्ने डर कम हुन्छ। सिजनल इन्फ्लुयन्जालाई हेल्चेक्र्याइँ गरेमा फोक्सोमा संक्रमण हुन सक्छ। फोक्सोमा संक्रमण भयो भने निमोनिया हुने तथा छातीको संक्रमण भई ज्वरो आउने, खोकी लाग्ने, सेतो वा पहेँलो खकार आउने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने गर्छ।

भाइरसका कारण हुने यो रोगबाट मानिसलाई हरेक वर्ष सताउने गरेको छ। साधारण रूपमा लिइने यो रोगका भाइरस भने हरेक वर्ष छुट्टाछुट्टै हुने गरेको चिकित्सकले बताएका छन्। डा। पाण्डेका अनुसार, कुनै पनि व्यक्तिलाई एकपटक मौसमी इन्फ्लुयन्जा भएको छ भने उसलाई अर्कोपटक हुँदा अर्कै भाइरसले आक्रमण गर्छ।

प्रतिक्रिया दिनुहोस्