Logo
|
Thursday 18th April 2024
Logo

epaper

बालबालिकामा पनि देखियो थाइराइड



जेष्ठ ३०, २०७४ बालाजुका १४ वर्षीय कपिल मल्ललाई सानैदेखि कब्जियत थियो ।लामो समयसम्म कब्जियतको औषधि खाँदा पनि निको नभएको उनकी आमा कृष्णदेवीले बताइन् ।

‘धेरै दिनसम्म दिसा गर्दैन, पेट फुलिरहन्छ, धेरै खान्छ त्यसमा पनि कमजोर छ,’ उनले भनिन् । अनेक उपचार गर्दा ठीक नभएपछि कपिल कुपन्डोलको थाइराइड सेन्टर पुगे । कृष्णदेवीका अनुसार उनको कमजोरी, कब्जियतका कारण थाइराइड भएको रहेछ । ‘बालकालिकालाई पनि थाइराइड हुन्छ भन्ने थाहै थिएन, समयमै उपचार हुन सकेन,’ उनले भनिन् ।

सामान्यतस् थाइराइड पाको उमेरका व्यक्तिलाई लाग्ने भए पनि

पछिल्लो समय बालबालिकामा देखिन थालेको डा। बुद्धबहादुर

कार्कीले बताए । ‘मकहाँ आउने बिरामीमध्ये २० प्रतिशत

बालबालिका नै हुन्छन्,’ उनले भने । रानीवनकी निर्जला

बानियाँलाई उनलाई लामो समय जन्डिस भयो ।

उमेरअनुसार उनको तौल र उचाइ पनि नबढेको आमा मेनुकाले बताइन् । ‘सुस्त भइरहन्छे, पढाइमा पनि कमजोर छे,’ उनले भनिन् । चिकित्सकका अनुसार उपचारमा ढिलो भइसकेकाले उनको रोग निको हु्ँदैन । ‘सबै उपचार गरियो, थाइराइड होला भनेर त सोचेको पनि थिइनँ,’ उनले भनिन् । मेनुका स्वयं पनि थाइराइडकी बिरामी हुन् ।

कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा। विष्णुरथ गिरीका अनुसार विशेषगरी पहाडी र हिमाली क्षेत्रका बालबालिकामा थाइराइड धेरै देखिन्छ । ‘समुद्री सतहभन्दा माथिका भूभागका फलफूल, तरकारीमा कम आयोडिन हुन्छ, त्यहाँ हुर्कनेले आयोडिनयुक्त खानेकुरामा चेतना छैन,’ उनले भने । साभार कान्तिपुर

प्रतिक्रिया दिनुहोस्