विद्यालय शिक्षा स् खाँचो मनोसामाजिक परामर्शदाताको
घटना १ चार महिनाअघि ललितपुरस्थित जेम्स स्कुलमा कक्षा १० मा अध्ययनरत एक छात्रले आत्महत्या गरे। एक्लो छोरा उनी कक्षा १० को अन्तिम परीक्षा तयारीमा थिए। एसइई परीक्षाको अन्तिम तयारी पूरा गरी स्कुलले बिदा दिएपछि उनी घरमै पढाइको तयारीमा व्यस्त थिए । तर, तीन दिनपछि उनी आफ्नै कोठामा झुन्डिएको फेला परे।
घटना २ तीन वर्षअघि जेम्स स्कुलकै कक्षा १० की एक छात्राले स्कुलकै छतमा गएर आत्महत्या गर्न खोजेकी थिइन्। उनलाई स्कुलका प्रिन्सिपल बादल प्रधानले सम्झाई बुझाई गरि हामफाल्नबाट जोगाए। आमाबुवाको बेवास्ताले एक्लो महसुस गरी उनी मानसिक तनावमा परेको प्रधानले बताए।
घटना ३ ललितपुरको सानेपामा रहेको रेडियन रिडर्स स्कुलको कक्षा ४ मा पढ्ने एक विद्यार्थी गृहकार्य कहिल्यै नगर्ने, टिफिन नखाने, दुई थरी जुत्ता लगाएर आउने, स्कुल पोसाक पनि राम्ररी नलगाउने र कक्षामा अन्य साथीसँग नबोली एक्लै बस्ने गर्थे। उनको यो अवस्था शिक्षकसमेत विद्यालय परिवारलाई नै चिन्ताको विषय बनेको थियो। ुपछि बुझ्दा पारिवारिक समस्याले उनमा मानसिक तनाव उत्पन्न भएको थाहा भयो,ु स्कुलका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले भने, ुउनलाई म आफैंले सम्झाएँ। त्यस क्रममा उसले पारिवारिक तनाव खेपिरहेको रहस्य खुल्यो।ु
” परिवारमा हुने झैझगडा, किशोरावस्थामा हुने शारीरिक परिवर्तनबारे अज्ञानता, आमाबुबाले जिम्मेवारी बोध नगर्दा र साथीभाइ तथा शिक्षकको व्यवहारले बालबालिकामा मानसिक तनाव बढिरहेको छ “।
उनीसँग कुरा गर्दै जाँदा आमाबुबाको दिनहुँ घरमा झगडा हुने गरेकाले खाना नपाक्ने, नानीको पोसाक तयार नगरिदिने, गृहकार्य गराउन रुचि नै नराख्ने थाहा भएको उनले बताए। ुत्यसपछि मैले ती नानीका आमाबुबा दुवैलाई बोलाएर नानीको समस्या भनिदिएँ र परामर्श दिएँ,ु उनले भने, ुप्रत्ेयक दुई दिनमा आमाबुबालाई बोलाएर परामर्श दिएपछि बल्ल नानीको व्यवहारमा सुधार आउन थाल्यो।ु
माथिका यी घटना उदाहरणमात्र हुन् । परिवारमा हुने झैझगडा, किशोरावस्थामा हुने शारीरिक परिवर्तनबारे अज्ञानता, आमाबुबाले जिम्मेवारी निर्वाह नगर्नु र साथीभाइ तथा स्कुल शिक्षकको व्यवहारले बालबालिकामा मानसिक तनाव बढिरहेको छ।
यसलाई समयमै पहिचान गरी सही परामर्श दिन नसकेकाले समस्या झनै गम्भीर हुने गरेको छ। यसै कारण अहिले विद्यालयले मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन थालेका छन्। जेम्स स्कुलका प्रिन्सिपल प्रधानले बालबालिकामा घरायसी समस्याले बढी मानसिक तनाव भइरहेको अनुभव सुनाए। ३१ वर्षदेखि शिक्षण गर्दै आएका उनको अनुभवमा निजी विद्यालयका विद्यार्थीका अभिभावक आफ्ना नानीलाई समय नै दिँदैनन्। ुआमाबुबा दुवै काममा व्यस्त हुने र छोराछोरीलाई बेवास्ता गर्ने चलन बढिरहेको छ,ु उनले भने, ुनानी सम्हाल्ने झन्झटले सानै उमेरमा स्कुल राख्छन्। स्कुल राखेपछि जिम्मेवारी पूरा गरेको ठान्छन्। आफ्ना बच्चाले के गरिरहेका छन्रु कहाँ जान्छन्रु गृहकार्य गरे कि गरेनन्रु खाना खाए कि खाएनन्रु केही पनि बुझ्न चाहँदैनन्। यसले बालबालिकामा आमाबुवाले हेला गरेको मनोविज्ञान बस्दो रहेछ।ु
विशेषगरी कक्षा ६ मा पढ्दादेखि बालबालिकामा मनोसामाजिक समस्या देखापरेको उनको अनुभव छ। त्यही भएर विद्यालयमा नानीलाई व्यक्तिगत रूपमा परामर्श दिन पूर्णकालीन मनोसामाजिक परामर्शदाता राख्न थालेको उनले बताए।
ढुंगानाले एक दशकअघि र हालको बाल मनोविज्ञानमा परिवर्तन आइसकेको बताउँदै त्यसअनुसार आमाबुबाको मनोविज्ञान परिवर्तन हुन नसकेकाले पनि नानीमा समस्या देखिएको बताए। नानीलाई मात्र होइन, आमाबुबालाई समेत मनोपरामर्श दिने व्यवस्था सबै स्कुलले गर्नुपर्ने उनले सुझाए।
कक्षा ३–६ र कक्षा ७–१० गरी दुई तहमा मनोसामजिक परामर्श स्कुलले उपलब्ध गराउन थालेपछि विद्यार्थीको बानीव्यहोरामा सुधार आएको प्याब्सनको बरिष्ठ उपाध्यक्षसमेत रहेका ढुंगानाको भनाइ छ। उनका अनुसार हरेक स्कुलमा मनोसामाजिक परामर्शदाता अनिवार्य देखिएपछि प्याब्सनका सदस्य स्कुलले राख्न थालेका हुन्। ५० प्रतिशतभन्दा बढी सदस्य स्कुलले मनोपरामर्शदाता राखिसकेको उनले बताए।
मनोविज्ञ शर्मिला महर्जनले आमाबुबाको उच्च चाहनाले पनि बालबालिकामा ुडिप्रेसनु हुने गरेको बताइन्। आमाबुबाले छोराछोरीलाई पैसा खर्च गरेर ठूला स्कुलमा भर्ना गराएपछि जिम्मेवारीमुक्त भएको ठान्ने र छोराछोरीले गलत आत्ममूल्यांकन गर्ने सोचले पनि बालबालिकामा नकारात्मक असर परेको उनको भनाइ छ। बालबालिकाको उमेर बढ्दै जाँदा आमाबुबासँग टाढा हुँदै जान्छन्। इन्टरनेटको बढ्दो प्रयोगले पनि उनीहरूमा गलत प्रभाव पारिरहेको हुन्छ। ुनेट र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिका एकोहोरो बनेका छन्। आमाबुबालाई नानीसँग समय बिताउने फुर्सद छैन,ु महर्जन भन्छिन्, ुबढ्दो उमेरसँगै भइरहेको शारीरिक परिवर्तनबारे नानीहरूले मनको कुरा साट्न सक्दैनन्। यसले गर्दा किशोरावस्थामा बढी मानसिक तनाव हुन्छ।ु आमाबुवा र स्कुलका शिक्षकको सहकार्यमा बालबालिकाको मनोवैज्ञानिक समस्या पहिचान गरी समाधान गर्न सकिने उनले बताइन्।
आमाबुबाले सकेसम्म बढी समय छोराछोरीसँग बिताउनुपर्ने उनले बताइन्। समस्या देखिइहाले पनि समयमै बुझेर समाधान खोज्नु उपयुक्त हुने उनको भनाइ छ। विद्यालयले अनिवार्य मनोसामाजिक परामर्शदाता राख्ने, बालबालिकाको मनोवैज्ञानिक विकास हुनेगरी अतिरिक्त क्रियाकलाप गराउने उनले सुझाइन्।
-नागरिक बाट