Logo
|
Saturday 22nd March 2025
Logo

epaper

फ्रान्सेली दूतावासको पत्रले चार्ल्सको डिस्चार्ज असहज



विकिनी किलरको नामले कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराजको शल्यक्रियापछि स्वस्थ भई बाँसबारीस्थित सहिद गगांलाल हृदय रोग केन्द्रबाट डिस्चार्ज हुने तयारी भइरहँदा फ्रान्सेली दूतावासले उनलाई पूर्णरुपमा सबै किसिमले जोखिममुक्त नभएपसम्म स्वस्थ वातावरणमा राख्न आग्रह गरेपछि असहज परिस्थिति सिर्जना भएको छ । सोझै नभने पनि दूतावासको पत्रको आशय उनलाई राखिएको भद्रगोल जेलमा स्वस्थ वातावरण नरहेको र उनको कमजोर स्वास्थ्यमा अरु जटिलता आउने सम्भावना भएकाले असहज वातावरण उत्पन्न भएको हो । अस्वस्थ अवस्थामा उनी जेलबाट भाग्ने रेकर्ड भएकाले केन्द्र प्रशासन र उपचारमा संलग्न चिकित्सकलाई अफ्ठेरो परेको छ । स्रोतका अनुसार केन्द्रले आधिकारिक नबताए पनि शल्यक्रिया गरिएका चार्ल्सलाई जेलमा राख्न त्यहाँको वातावरण स्वस्थकर हुन्छ की हुन्न भन्नेमा स्पष्ट धारणा लिन सकेको छैन । चार्ल्सको गत जेठ २९ गते केन्द्रका डा।रामेश कोइरालाको समूहले मुटुको एउटा भल्भ मर्मत गरिएको थियो भने अर्को फेरिएको थियो । मुटुमा कडापनको समस्या देखिएपछि उनलाई गगांलाल भर्ना गरिएको थियो । १३ वर्षदेखि जेलमा रहेका चार्ल्स आफू छिट्टै छुट्ने विश्वासमा छन् । -अन्नपूर्णबाट

प्रतिक्रिया दिनुहोस्