Logo
|
Saturday 20th April 2024
Logo

epaper

महंगो मेसिन किन्दै वीर, अनियमितताको आशंका



देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ। विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मूल्यमा तीनवटा खरिद गर्न सकिन्छ।

तीन महिना अघि पनि वीर अस्पतालले ६ करोड रुपैयाँ पर्ने रेडियोथेरापी मेसिन ११ करोड ८० लाख रुपैयाँमा किन्न कोसिस गरेको थियो। खरिद प्रक्रियामा भएको अनियमितताका बारेमा नागरिक र रिपब्लिका दैनिकमा समाचार प्रकाशित भएपछि खरिद प्रक्रिया रोकिएको थियो। दुई वर्षभित्र रेडियोथेरापी मेसिन किन्ने यो चौथो प्रयास हो।

अहिले पनि वीर अस्पतालमातहतको राष्ट्रिय स्वास्थ्यविज्ञान प्रतिष्ठान९न्याम्स० ले अमेरिकामा बनेको महंगो मेसिन खरिदका लागि बोलपत्र आह्वान गरेको छ। यति नै मूल्यमा यस्तै काम गर्ने कोबाल्ट–सिक्टी कम्तीमा तीन वा लाइनाकका कम्तीमा दुई मेसिन आउँछन्।

बोलपत्रमा टोमो थेरापीको मेसिनको विशेषता उल्लेख छ जसले अन्य कम्पनीलाई खरिद प्रक्रियामा सहभागी हुन निरुत्साहित गर्छ। टोमो थेरापीको मेसिन अमेरिकी कम्पनी अक्युरेले मात्रै उत्पादन गर्छ।

न्याम्सका उपकुलपति प्रा। गणेशमान गुरुङले किन्न लागेको मेसिन निकै महंगो भएको स्विकारे।ुहामीले क्यान्सर रोगीको उपचारका लागि तेस्रो जेनेरेसनको महंगो मेसिन किन्न लागेको हौं,ु गुरुङले नागरिकसँग भने, ुभोलि९मंगलबार० मेसिन खरिद बोलपत्र कसले जित्यो, बताउनेछौं। सकेसम्म चाँडो हामी यो मेसिन ल्याएर क्यान्सर रोगीको उपचारको सेवामा लगाउनेछौं।ु

भारतमा करिब २३ करोड रुपैयाँमा बिक्री हुने यो मेसिनका लागि नेपालमा ४२ करोड रुपैयाँ खर्च गर्न लागिएको समाचार आएको छ। ुविक्रेताले भनेको विशेषता तथा मूल्यमा हामीले विश्वास गरेका छौं,ु गुरुङले भने, ुमेसिनको मूल्य २।२ मिलियन अमेरिकी डलर ९करिब २३ करोड रुपैयाँ० हो तर हाम्रोमा आठ वर्षसम्मका लागि निःशुल्क सेवा, सहायक उपकरण, सफ्टवेयर र अतिरिक्त हार्डवेयर पनि हुन्छ।ु

वीर अस्पताल अर्वुद रोग विभागका चिकित्सकले महंगो मेसिन अहिलेको आवश्यकता नभएको बताएका छन्। ु१२ करोड रुपैयाँ पर्ने तीनवटा मेसिन किनेर देशका विभिन्न भागमा सेवा दिन सकिन्छ,ु एक चिकित्सकले भने, ुमहंगो मेसिन किन्ने प्रशासनको मनसाय शंकास्पद छ, राम्रो कमिसनले लोभ्याएको छ।ु

न्याम्सका अनुसार मेसिन किन्न स्वास्थ्य मन्त्रालयले ४० करोड रुपैयाँ उपलब्ध गराउँदैछ। सामान्तया यो रेडियोथेरापी मेसिनले दैनिक १५ जना रोगीलाई सेवा दिन्छ।

मेसिन खरिद प्रक्रियामा आपत्ति जनाएका चिकित्सकविरुद्ध वीर प्रशासनले अस्पतालको बदनामी गर्न खोजेको आरोप लगाएको छ। ुवीरका केही चिकित्सक निजी अस्पतालमा काम गर्छन्। उनीहरु सरकारी अस्पताललाई बदनाम गरेर निजी अस्पतालको प्रवर्द्धनमा लागेका छन्ु, वीरका एक प्रशासकले भने।

कोबाल्ट सिक्टी मेसिनले काम गर्न छाडेपछि दुई वर्षदेखि वीर अस्पतालले सेवा दिन सकेको छैन जसको कारण बिरामीधान्नै नसक्ने खर्चमा बाहिर उपचार गराउन बाध्य भएका छन्।

वीर हस्पतालले ५ हजार रुपैयाँमा दिँदै आएको सेवाका लागि भक्तपुर क्यान्सर अस्पतालले २५ हजार रुपैयाँ लिने गरेको छ भने निजी अस्पतालले ७५ हजारदेखि १ लाख २५ हजारसम्म लिन्छन्।

नयाँ प्रस्तावित मेसिनको सेवा शुल्क ३० हजारदेखि ४० हजार रुपैयाँसम्म पर्ने चिकित्सक बताउँछन्। ुहामी १० हजार रुपैयाँमै सेवा उपलब्ध गराउछौं,ु गुरुङले भने, ुनयाँ मेसिनबाट तीन महिनापछिसेवा सुरु हुन्छ।ु

कोबाल्ट सिक्टी बिग्रनुअघिसम्म वीर अस्पतालमा दैनिक ६०–७० जना क्यान्सररोगी उपचारका लागि आउने गरेका थिए। अहिले ३०–४० जना आउने गरेका छन्।

वीरका अनुसार अस्पतालले वार्षिक एक हजार तीन सय क्यान्सररोगीको पहिचान गर्ने गरेको छ। भक्तपुर क्यान्सर अस्पतालले एक हजार ५ सय रोगीको पहिचान गर्छ। प्रत्येक वर्ष मुलुकमा नयाँ ५ हजार क्यान्सर रोगीको पहिचान हुने गरेको छ।- नागरिकबाट

प्रतिक्रिया दिनुहोस्