Logo
|
Sunday 24th November 2024
Logo

epaper

जब छिनिएिका हात बाल्टीनको पानीमा डुबाएर ल्याइयो



जनरल सर्जरीको पढाई सन् २००३ मा सकिएपछि प्लाष्टिक, कस्मेटिक तथा ह्याण्ड सर्जरीको तालिम सिंगापुरमा लिँए । त्यसको केहि समयपछि प्लाष्टिक सर्जरीमा विशेषज्ञ तालिम पाकिस्तानबाट प्राप्त गरे । यो क्षेत्रमा काम गर्न थालेको लगभग १५ वर्ष भयो । यो अवधिभर दुर्घटनाले निम्तिएका ठूलाठूला घाउ, चोटपटक, आगोले पोलेकादेखि करेन्टले अंगभंग भएका धेरै बिरामीको उपचार गरिसकेँ । अहिलेसम्मको आफ्नो कार्यकालमा धेरै अविस्मरणीय अनुभूतिहरू जोडिएका छन् । धेरै बिरामीको उजाडिएको जिन्दगीमा रङ भर्न केहीहदसम्म सफल भइएको छ ।
छिनेका ती हातहरू
सन् २००९ मा सिंगापुरबाट फेलोसिप टे«निङ सकेर आएको थिए । त्यो मेरो पहिलो अप्रेसन थियो । जुन टिचिङ अस्पतालमा गरेको थिए । बिरामी १९ वर्षे ठिटो हुनुहुन्थ्यो । उहाँ पेपर काट्ने मेसिनमा काम गर्नुहुँदो रहेछ । एकदिन काम गर्ने क्रममा उहाँको दुबैहात मेसिनभित्र परेछ । एक्कासी मेसिन चलेछ । मेसिनले उहाँका दुबैहात छिनाएको थियो । दुबैहात टुक्रा भएका थिए । त्यो उपत्यकामै भएको घटना हो । लगभग दुई घण्टाको अन्तरालमा बिरामीलाई अस्पताल ल्याइएको थियो ।
त्यो दृष्य आज पनि झल्झली सम्झना आउँछ । छुट्टिएका दुबै हात बाल्टीनको पानीमा डुबाएर ल्याइएको थियो । हात भने रगत नबगोस् भनेर कपडाले बाँधिएको थियो । हामीले टिचिङ अस्पतालको इमरजेन्सी वार्डमा अप्रेसनको तयारी ग¥यौँ । एउटा हात जोड्न लगभग आठ÷नौँ घण्टा लाग्थ्यो । एउटा हात जोड्दा अर्को हात जोड्न ढिला हुनुहुँदैनथ्यो । त्यसैले दुईओटै हातको छुट्टाछुट्टै सर्जन मिलेर अप्रेसन ग¥यौँ । देब्रे हात प्रोफेसर डा। ईश्वर लोहनीको टिमले ग¥यो । दाइने हात मलगायत चार जनाको टिमले ग¥यौँ । त्यो मैले आफ्नो नेतृत्वमा मैले गरेको प्रथम अप्रेसन थियो । पहिलो पटक भएकाले एकप्रकारको चुनौती त छदै थियो । तर, बिभिन्न खालका तालिम र अप्रेसनहरूमा बारम्बार सहभागी भइसकेकाले एक प्रकारको आत्मविश्वास पनि थियो । आत्मविश्वासका साथ सुरु गरेको अप्रेसन अन्ततः सफल भयो । केही समयको प्रयासपछि दुबै हात जोडिए । बिरामी र उसको परिवार एकदमै खुशी भयो । पछिसम्म पनि केही सानातिना अप्रेसन गर्नुप¥यो । अहिले उसका दुबै हात एकदमै राम्रा छन् । मोटरसाइकल चलाउनेदेखि आफ्ना सबै दैनिक काम गर्नसक्छ । त्यसपछि अहिलेसम्म मैले पाँचओटा हात जोड्ने अप्रेसन सफलतापूर्वक गरिसकँे । उनीहरू कोही दुर्घटनामा परेका त कोही मेसिनले हात काटेका बिरामीहरू थिए ।
ती सानी बालिका
कुरा चार वर्ष अगाडिको हो । सुरुमा बिरामीलाई हेर्दा ज्यानै बचाउन मुस्किल देखिन्थ्यो । उनी आठ वर्षे सानी बालिका थिइन् । एकजना छिमेकीको स्कुटर पछाडी बसेर घुम्न निस्केकी रहिछिन् । त्यही बेला उनलाई ट्रकले हानेछ । उनको दुबै खुट्टामा गहिरो चोट लागेको थियो । एउटामा भने तिघ्रादेखि खुट्टासम्मको छाला पूरै उक्किएको थियो ।
अस्पतालमा ल्याइपुर्याउँदा इन्फेक्सन एकदमै फैलिसकेको थियो । सुरुमा उसलाई अर्को अस्पताल लगिएको रहेछ । बिस्तारै घाउ ठूलो हुँदै गएर इन्फेक्सन फैलिएको थियो । त्यो अस्पतालमा उपचार सम्भव नभएपछि हाम्रोमा ल्याइएको थियो ।
उसलाई तुरुन्त आइसीयूमा राखेर उपचार सुरु गर्यौँ । उप्किएको छाला छोप्न अर्को ठाउँको छाला निकालेर टाँस्यौँ । छाला प्रत्यारोपण गर्नु कुनै ठूलो उपचार हैन । तर, यदि कसैको धेरै छाला गुमेको छ भने उपचार पनि एकदमै चुनौतीपूर्ण हुन्छ । उसको उमेर पनि एकदमै कम थियो । छाला राख्दा धेरै कुरामा ध्यान पु¥याउनुपर्छ । छालालाई बच्ने हिसावबाट कति आवश्यक पर्छ नापेर निकाल्नुपर्छ ।
उसको ज्यानको समेत अवस्था एकदमै नाजुक थियो । उपचारको लागि लगभग दुई महिना लाग्यो । ग्राण्डी अस्पतालमा उपचार गराएका थियौँ । आर्थिक पाटोमा दुर्घटना गराउने मान्छेले बेहोरेको थियो । केही समय अगाडि मात्रै पनि हामीले उसको अर्को अप्रेसन ग¥यौँ । केही न केही समस्या अझै पनि छन् । तर, बिस्तारै बिस्तारै निको हुँदै गएको छ । हिडडुल गर्छिन् । आफ्नो दैनिक काम गर्न, स्कुल जान कुनै समस्या छैन । ठूलो चोट लागेर छाला निकालेको हुनाले शरीर र खुट्टामा केही दाग भने छन् । स–साना कुरामा ध्यान नपु¥याउँदा विभिन्न दुर्घटना निम्तिन्छन् । ध्यान नपु¥याउँदा निम्तिएको ती सानी नानीको केस म सधै सम्झिरहन्छु ।

करेन्टले थलिएका ती व्यक्ति
यो तीन वर्ष अगाडिको कुरा हो । सुरुमा ती बिरामी अस्पताल आउँदा एकदमै कमजोर थिए । उनी बोल्न सक्ने अवस्थामै थिएनन् । एकदमै डरलाग्दो स्थिती थियो । उनी ३६ वर्षका पुरुष थिए । घर नजिकै खसेको साइनबोर्डलाई डण्डीले मिलाउन खोज्दा करेन्ट लागेको रहेछ । उसको हातखुट्टामा चोट लागेको थियो । सबैभन्दा ठूलो चोट घुँडामा थियो । घँुडाको हड्डी तथाजोर्नी नै देखिने गरी मांसपेशी जलेको थियो । सबैभन्दा पहिला चोट लागेर मरेको छाला तथा मांसपेसीलाई निकाल्यौ । एउटै अपरेसनमा सबै मासु निकाल्न सम्भव थिएन । चोट एकदमै गहिरो थियो । हामीले पटकपटक अप्रेसन गरेर सफा गर्यौं । नराम्रो मासु सबै हटाएपछि बल्ल अप्रेसन गरियो । त्यसमा प्लास्टिक सर्जरीका विभिन्न उपाय अपनायौँ । चार पाँच पटकको अप्रेसनपछि उहाँको घाउ छोप्न सकियो । एकदमै चुनौतीपूर्ण उपचार थियो । उपचारका लागि दुई महिना लागेको थियो । बिस्तारै घाउ निको हुँदै गयो । राम्रोसँग हिँडडुल गर्न सक्ने हुनुभयो । परिवार मध्यम वर्गिय थियो । करेन्ट लागेपछि नेपाल विद्युत् प्राधिकरणले बेहोर्ने रहेछ । उपचारको लागि आर्थिक रूपमा उहाँहरूलाई खासै अफ्ठ्यारो परेन ।
०००
मैले आफूले पढेकारसिकेका कुरा बिरामीको जीवनमा सकेसम्म लागू गरेको छु । उनीहरूको जीवन बचाएर मैले पाएको भनेको आत्मसन्तुष्टि हो । बिरामीहरू निको भएपछि खुशीले आनन्द लाग्छ ।
प्रायः बिरामीहरू आफ्नै लापरवाहिको सिकार भएका हुन्छन् । ढोकाले हात च्यापेका केस उत्तिकै आउँछन् । धारिलो हतियारको सिकारमा धेरै बालबालिकाहरू परिरहेका हुन्छन् । विभिन्न उद्योगमा प्रयोग हुने मेसिन तथा उपकरणको सहि जानकारी नभएर उत्तिकै समस्या निम्तिन्छन् । यसका लागि हामी आफैँ सचेत हुनुपर्छ ।-नागरिकन्र्यूजबाट
प्रस्तुतिः सृजना खड्का

प्रतिक्रिया दिनुहोस्