Logo
|
Wednesday 28th July 2021
E-paper Magazine

बढ्दैछ मुटुरोग



काठमाडौं— तपाईंको विग्रँदो स्वास्थ्य अवस्थालाई जीवनशैली र खानपानमा परिवर्तन गरेर सुधारेका राम्रा आनुभव र भोगाइ छन् ? यस्ता वास्तवितकताले जीवनमा ल्याएको परिवर्तन साटासाट गरेर अरुलाई पनि त्यसका लागि प्रेरित गर्नुस्, ताकी उपचार धान्न धौधौ पर्ने मुटुरोगको अवस्थासम्म पुग्नबाट आफन्त र अरुलाई जोगाउन सकियोस्।

नेपालमा पछिल्ला दिनमा मुटुरोगीको संख्या डरलाग्दो गरी बढिरहेको भन्दै चिकित्सकहरूले रोग लाग्नै नदिने बाटो खोज्न आह्वान गरेका छन्। मेडिकेयर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनीभूषण उपाध्यायले भने, ‘मुटुरोगको बढ्दो भार आम नेपालीले धान्न सक्ने तहको छैन्। त्यस्तो अवस्थामा प्रत्येक व्यक्तिलाई मुटु स्वास्थ राख्ने तरीकाबारे ज्ञान बढाउनै पर्छ।’

विश्व मुटु महासंघको आह्वानमा प्रत्येक वर्ष मनाइने मुटु दिवस यो वर्ष सेप्टेम्बर २९ मा परेका छ । महासंघले यो वर्षका लागि नारा ‘सेयर द पावर’ अर्थात् नेपालको सन्दर्भमा स्वास्थ जीवनशैलीको अनुभव बाँडौं तय गरिएको छ।

चिकित्सकहरूका अनुसार एउटा व्यक्तिले आफूले स्वास्थ जीवनशैली र व्यवहार अपनाउँदा गरेका अनुभव बाँड्न प्रेरित गर्नु हो । ‘धुम्रपान त्यागेर, व्यायाम गरेर, योग ध्यान गरेर के फरक महसुस भयो, के परिवर्तन आयो अरूलाई पनि सुनाएर त्यसतर्फ आकर्षित गरौं भन्ने मूल ध्येय हो,’ डा.उपाध्यायले प्रष्ट पारे।

परिवर्तित जीवनशैली, अस्वस्थकर खानपान, व्यायामको कमीजस्ता कारणले संसारभर मुटुका रोगी बढ्दै गएका छन्। तर तुलनात्मक रूपमा विकसित देशमा चेतनास्तर बढेकै कारण मुटुरोग लाग्ने दर घट्दो छ तर नेपालजस्ता अल्पविकसित र विकासोन्मुख देशमा यो दर बढ्दो क्रममा रहेको डा. उपाध्यायले बताए । उनका अनुसार नेपाली समाज मुटुरोगग्रस्त बन्दै जानुको पछाडीको मूलकारण सामाजिक र सांस्कृतिक रूपमा रहेका राम्रा अभ्यासहरू छुट्टै जानु र नराम्रा अभ्यास अपनाइँदै जानु हो। ‘घरबाहिरको खेललाई भिडियो गेम, कम्प्युटर र मोबाइलले विस्थापित गर्‍यो,’ उपाध्यायले भने, ‘खानपानमा जंकफुड, फाष्टफुड, चिल्लो र नुनीलोग्रस्त छ।’

मुटुरोगीको उपचारमा आफूले खर्चेका दशकौंको समीक्षा गर्दा डा. उपाध्यायलाई आफ्नै मुटुको गति बढेर आउँछ । ‘केही वर्षअघि वीरगन्जको एक १९ वर्षे युवा हृदयघात भएर आए । दश वर्षका केटाकेटी ८० केजी तौलका छन् । यति धेरै जोखिम बढ्दा पनि आम मानिसमा सचेतना छैन ।’ उनले रोगको पहिचान भइसकेपछि जति मनिस आत्तिएको र दौडधूप गरेको देखेका छन् अन्य जोखिम थाहा पाउँन, निदान र उपचारमा गम्भीर नभएको अनुभव गरेका छन्।

‘केही वर्षअघि वीरगन्जको एक १९ वर्षे युवा हृदयघात भएर आए । दश वर्षका केटाकेटी ८० केजी तौलका छन् । यति धेरै जोखिम बढ्दा पनि आम मानिसमा सचेतना छैन ।’ उनले रोगको पहिचान भइसकेपछि जति मनिस आत्तिएको र दौडधूप गरेको देखेका छन् अन्य जोखिम थाहा पाउँन, निदान र उपचारमा गम्भीर नभएको अनुभव गरेका छन्।

मुटुरोगका प्रमुख कारण रगतमा बोसोको मात्रा (उच्च कोलेस्ट्रोरल), उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायामको अभाव, खानामा फलफूल र सागपातको कमी तथा बढी चिल्लो, बढी नुनिलोयुक्त खाना, डिप्रेसन र वंशाणुगत कारण, सुर्तिजन्य पदार्थको प्रयोग हो । पछिल्ला दिनमा युवाअवस्थामै मुटुको समस्या बढ्नेदेखि अधिकांश कारक बढिरेहेका छन्।

विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल बर्डेन अफ डिजिज’ रिपोर्ट अनुसार विश्वभर सबैभन्दा बढी जोखिम मुटु रोगको छ । नेपालमा सन् १९९० सम्म मृत्युको १७ औं कारणमा मुटुरोग थियो । सन् २०१० को तथ्यांकअनुसार मुटुरोग नेपालमा मृत्युको छैठौं कारक बनेको छ ।

संसारभर हुने कुल मृत्युको ३० प्रतिशत मुटुसम्बन्धी रोग एक्लैले ओगट्छ । अहिले पनि करिव १७.५ मिलियन मानिसमा रोग भएको तथ्यांक छ। नेपालका सन्दर्भका तथ्यांकहरू अझै डरलाग्दा छन्।

सरकारी तथ्यांकअनुसार नै एक तिहाइमा उच्चरक्तचाप, १५ प्रतिशतमा मधुमेह छ। ओपिडीमा आउनेमध्ये ४३ प्रतिशतमा श्वासप्रश्वास, ४० प्रतिशतमा मुटु, १२ प्रतिशतमा मधुमेहका बिरामी छन्। स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा एक वर्ष लगाएर गरेकोे वैज्ञानिक सर्वेक्षण रिक्स फ्याक्टर सर्वेले पनि खतरनाक रोगको जोखिममा बढिरहेको देखाएको थियो । परिषद्ले सन् २०१२ को जुलाइदेखि २०१३ जुनसम्म ५० जिल्लाका ७० इलाकाका २१० वडाका १५ देखि ६९ वर्षका ४ हजार १ सय ४३ उत्तरदाता माझ गरेको सर्वेक्षणले परीक्षणबाट सबैभन्दा बढी २५ प्रतिशतमा उच्चरक्तचापको समस्या भएको थियो।

अहिले पनि झन्डै १९ प्रतिशत जनसंख्या धूमपान गर्छन् । दक्षीण एसियामै सबैभन्दा बढी महिला धूम्रपानकर्ता (१५ प्रतिशत) नेपालमा छन् । त्यसैगरी कुल जनसंख्याको १७ प्रतिशतले जाँडरक्सी खान्छन् । वातावरणीय प्रदूषण र खानेकुरामा अत्यधिक मिसावट र विषादीको प्रयोगले पनि मुटु रोगको जोखिमसमेत बढाउँदै लगेको छ।

स्वास्थ्य मन्त्रालयले समेत रोगको उपचारभन्दा जीवनशैली परिवर्तनमा जोड दिने योजनाअनुसार गत वर्षदेखि २०७४ साललाई मेरो स्वास्थ्य मेरो वर्षका रूपमा मनाइरहेको छ । यो सन्दर्भमा पाँच प्रतिबद्धता गराएरै लागू गराउने कार्यक्रम जारी राखेको छ । जसको एउटा प्रतिबद्धतामा समेत सरकारले आफू र समुदायको स्वास्थ्यप्रति जिम्मेवार रहन्छु भन्ने प्रतिबद्धता जनाउन आह्वान गरेको छ । डा. उपाध्यायका अनुसार अहिले खर्चको दृष्टिले मुटुरोगको उपचार धेरै नेपालीले धान्नै सक्दैनन्। ‘जुनसुकै रिक्स फ्याक्टर भए पनि नियमित औषधि खानुपर्छ, अन्य अंगमा असर गर्‍यो कि भनेर पनि परीक्षण गरिराख्नुपर्छ’ डा.उपाध्याय थप्छन्, ‘परीक्षण र उपचारमात्रै होइन नियमित औषधि खानुसमेत पर्छ, कति नेपालीले सक्छन् ।’

उनका अनुसार उपचार संभव भए पनि रोग लागिसकेपछि व्यक्तिको कार्यक्षमता घट्ने हुनाले पनि त्यसको भार राज्यको उत्पादकत्व र विकासमा पर्छ। ‘यो अनुसन्धान भएर विकसित देशमा रोग घट्दो छ, हाम्रोमा बढ्दो,’ उनले भने ।

चिकित्सककाअनुसार बालबालिकालाई दिनमा १ घन्टा खेलकुदसँगै शारीरिक अभ्यास र १८ देखि ६४ वर्षसमूहका मानिसलाई कम्तीमा ३० मिनेट हल्का र १५ मिनेट कडा व्यायाम गर्नुपर्छ । अर्को एक सर्वेक्षण अनुसार तीबाहेक ७४ प्रतिशतले खानामा पर्याप्त फलफूल खाँदैनन् भने, ८० प्रतिशतले दैनिक शारिरीक गतिविधि गर्दैनन्, ६० प्रतिशत वयश्कहरू मोटोपनको शिकार भएका छन्।

डा. उपाध्यायका अनुसार अहिले उमेर समूहका आधारमा युवा अवस्थामै र क्षेत्रगत आधारमा सहरी समाजमा मुटुरोगको जोखिम बढी देखिएको छ। ‘एक÷दुई किलोमिटर पार गर्न पनि सवारी साधान खोज्ने, अत्याधिक धुमपान, मध्यपान र जंकफुड, चिल्लो र बढी नुलिलो खाने बानी सहरबासीमा बढी छ,’ गंगालाल हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसी भन्छन्, ‘यही बानीले उच्चरक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलजस्ता रिक्स फ्याक्टर र रोगीको संख्या पनि थपिरहेको छ।’

उनका अनुसार रक्तचाप, कोलेस्टरल मधुमेह भइसके पनि औषधि वा व्यायामको सन्तुलनबाट नियन्त्रण राख्नुपर्छ । तीबाहेक जस्तोसुकै अवस्थामा पनि व्यायाम, योगा, फलपूmल एवं सागपातको अधिक प्रयोग, नुन र चिनी, चिल्लोको कम प्रयोगसँगै नियमित स्वास्थ्य परीक्षण नै रोगबाट बच्ने प्रमुख काइदा हो।

चिकित्सकका अनुसार डेढ दुई दशकअघिको एउटा अध्ययनले नेपालमा वयश्कमध्ये ५ प्रतिशत जनसंख्यामा मुटुरोग भएको देखाएको भन्दै अहिले हाल सहरी क्षेत्रमा २० वयश्क मुटुरोगी भएको अनुमान छ।

चिकित्सकका अनुसार डेढ दुई दशकअघिको एउटा अध्ययनले नेपालमा वयश्कमध्ये ५ प्रतिशत जनसंख्यामा मुटुरोग भएको देखाएको भन्दै अहिले हाल सहरी क्षेत्रमा २० वयश्क मुटुरोगी भएको अनुमान छ।

कित्सकहरूको अनुभवमा मुटु अस्पतालमा हृदयघात भएर आउने बिरामीमध्ये १९ देखि ३० वर्ष उमेरका नै बढी पाइएका छन् । तीमध्ये धेरैजसो सहरी जीवनशैलीको सिकार भएको डा. केसी बताउँछन्। नेपाली समाजमा जन्मजात, बाथ र मुटुको नसामा रगत जमेर हुने ‘क्रोनरी’ गरी तीन प्रकारका मुटु रोग प्रमुख देखिएका छन् । क्रोनरी हृदयघातको प्रमुख कारण हो।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर मुटुरोगका कारण १ करोड ७० लाखको मृत्यु हुन्छ । करिव ३ करोड मुटुरोगको जोखिममा छन् । जसको ८० प्रतिशत विकासशील र अल्पविकसित देशमा छन्। नेपालमा पनि जनसंख्याको झण्डै ८ प्रतिशत मानिसहरू कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित छन्।

पहुँचमा छैन उपचार
हृदयघात भएका बिरामीले कति समयभित्र सुविधासम्मन्न ठाउँमा पुर्‍याउने हो भने बचाउन सकिन्छ तर धेरै कम मात्रै मानिस यो सुविधाको पहुँचमा छन् । चिकित्सकहरु भन्छन् मुस्किलले १० प्रतिशत जनसंख्यालाई मात्रै त्यो पहुँचमा छन् ।

मुटुरोगका प्रमुख जोखिम कारण (रिक्स फ्याक्टर) मनिएका उच्च रक्तचाप, कोलेस्टेरोल, मधुमेह, मोटोपनका समस्या ग्रामीण क्षेत्रमा समेत बढ्दै गएको छ । तर उपत्यकाबाहिर धरान, विराटनगर, चितवन, पोखरामा मात्रै उपचार सेवा छ । भैरहवा र वीरगन्जमा सेवा सुरु गरे पनि निरन्तरता छैन । सिंगो पश्चिम नेपालको स्वास्थ्य उपचार केन्द्रको रूपमा हेरिने नेपालगञ्जमा अहिलेसम्म उपचार सेवा सुरु भएको छैन।

मुटुको जाँच तथा उपचारका लागि अत्यावश्यकिय सेवा क्याथल्याब देशभर एक दर्जनभन्दा बढी ठाउँमा मात्रै रहेकोमा ६ वटा उपत्यकामै छन् । धुलिखेल, चितवन, विराटनगर, धरान र पोखरामा मात्रै क्याथल्याब छ ।

मुटुमा आकस्मिक रूपमा आइपर्ने समस्याको पहिचानका लागि मुटुको अवस्थाका जाँच एन्जियोग्राम, त्यसलाइ हटाउने विधि एन्जियोप्लाष्टि हो । उपत्यका बाहिरका अधिकांश ठाउँमा यस्ता यस्ता सेवा चिकित्सकको उपलब्धता हेरर मात्रै छ। एन्जियोप्लाष्टी आवश्यक पर्दा बिरामी आइपुग्नासाथ सेवा पाइने अवस्था (पिपिसिआइ) भने उपत्यकाबाहिर धुलिखेलमा दिवासमयमा मात्रै छ । उपत्यकामा पाँच ठाउँमा मात्रै उपलब्ध छ ।

मुटुको जाँच तथा उपचारका लागि अत्यावश्यकिय सेवा क्याथल्याब देशभर एक दर्जनभन्दा बढी ठाउँमा मात्रै रहेकोमा ६ वटा उपत्यकामै छन् । धुलिखेल, चितवन, विराटनगर, धरान र पोखरामा मात्रै क्याथल्याब छ ।

तीबाहेक मुटुका जटिल खालका शल्यक्रिया भल्व राख्ने, जन्मजात हुने प्वाल टाल्ने शल्यक्रिया भने नियमित रूपमा गंगालाल र मनमोहनमा मात्रै हुन्छ । विशेषज्ञका उपलब्धताको आधारमा यो अवस्था अझै भयावह छ । कार्डियाक सोसाइटी अफ नेपालमा हालसम्म १ सय ४० विशेषज्ञ (मुटुरोग विशेष र सर्जन) सहित दर्ता छन् । जसमा ११ जना मात्रै सर्जन छन् । सर्जन सबै काठमाडौंमै छन् । —नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्