Logo
|
Wednesday 24th April 2024
Logo

epaper

बीपीका डेढ दर्जन कर्मचारीद्वारा राजीनामा



बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका विभिन्न विभागमा कार्यरत १७ कर्मचारीले राजीनामा दिएका छन् । अस्पताल प्रशासनलाई जानकारी नदिई विदेश पलायन भएका कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाएपछि राजीनामा दिएका हुन् । उनीहरू बिदाको निवेदन बुझाएर विदेश हानिएका थिए ।

सेवा प्रभावित हुने गरी लामो समय सम्पर्कविहीन भएको भन्दै अस्पतालले सूचना जारी गरी कारबाही प्रक्रिया अघि बढाएको थियो । उनीहरूले विदेशबाटै राजीनामा पठाएका हुन् । तीमध्ये आधाजसो विदेशमा स्थायी बसोबास अनुमति ९पीआर० पाएकाहरू छन् ।

केही नेपालमै भए पनि सम्पर्कमा थिएनन् । उनीहरू सबै स्थायी कर्मचारी हुन् । कर्मचारी बिदा स्वीकृत नगराई लामो समय अनुपस्थित रहेकाले ३५ दिनभित्र उपस्थित भई मनासिब कारणसहित लिखित निवेदन दिई हाजिर हुन सूचना जारी गरिएकामा स्टाफ नर्सहरू ईशा हितंगा, सुशीला शर्मा, उमा काफ्ले, टीका चापागाईं, मनु शर्मा र मीना भट्टराईलगायत १७ जनाले राजीनामा दिएको प्रशासन प्रमुख जिएन महतोले बताए । उनका अनुसार सुरेन्द्र रेग्मी ९ल्याब टेक्नोलोजिस्ट०, दीपक गौतम ९रेडियोलोजिकल टेक्नोलोजिस्ट० र विशाल केसी ९वरिष्ठ रेडियो थेरापी टेक्नोलोजिस्ट० ले पनि राजीनामा दिएका छन् । उनीहरूको राजीनामा अस्पताल प्रशासनले स्वीकृत गरिसकेको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्