Logo
|
Saturday 27th April 2024
Logo

epaper

इमर्जेन्सीमै बेड अभाव



राजधानीका सरकारी अस्पतालको आकस्मिक कक्षमा सधंै बेड अभाव भइरहन्छ । उपत्यका बाहिरका अस्पतालमा सबै सेवा र विशेषज्ञ डाक्टर नहुनुका कारण बिरामीलाई राजधानीका अस्पताल धाउनुपर्ने बाध्यता छ ।

बिरामीको बढदो चाप र अस्पतालमा सीमित पूर्वाधार हुँदा बिरामीले भनेकै समयमा उपचार पाउन सास्ती खेप्नु परिरहेको अस्पतालसम्बद्ध अधिकारी बताउँछन् । इमर्जेन्सीमा बेड अभावका कारण बिरामीलाई आकस्मिक उपचारका लागि पनि धेरै दिन कुर्नुपर्ने, दुखाइ कम गर्ने औषधि खाएर उपचार पर्खनुपर्ने बाध्यता छ ।
थापाथलिस्थित प्रसूति गृहमा इमर्जेन्सी बेड अभावकै कारण सुत्केरी हुन आएका महिलालाई दुई दिनदेखि पाँच दिनसम्म कुर्नुपर्ने अवस्था भएको गृहका निर्देशक डा। अमिरबाबु श्रेष्ठले बताए । ०७२ को भूकम्पले मुख्य भवन भत्किएपछि गृहको सधंै इमर्जेन्सी बेड अभाव भइरहन्छ । बेड अभावकै कारण कहिलेकाहीं अस्पतालले बिरामीलाई पेटीमै म्याट ओछ्याएर उपचार सेवा दिँदै आएको गृहकी प्रसाशन प्रमुख रानु थापाले बताइन् ।

उता बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट आकस्मिक सेवामा बिरामीको चाप अत्यधिक बढेको छ । बिरामीको चापलाई थेग्न नसकेर एउटै बेडमा दुई जना बिरामी राखेर उपचार गर्नुपरेको केन्द्रको आकस्मिक कक्ष प्रमुख कल्पना तिमल्सिनाले बताइन् । ‘अस्पताल ठूलो भए पनि इमर्जेन्सीमा १८ वटा मात्रै बेड छ, इमर्जेन्सीका सबै बेडमा २ जना बिरामी राखेर उपचार गर्नुपरेको छ,’ प्रमुख तिमल्सिनाले भनिन् । आकस्मिक कक्षमा दैनिक ३० जनासम्म नयाँ बिरामी भर्ना हुने गरेको केन्द्रको तथ्यांक छ । केन्द्रको नयाँ भवन भन्दै गरेको आर्थिक प्रशासन प्रमुख विमल उप्रेती बताए । ‘नयाँ भवनमा इमर्जेन्सीमा बेड थप हुनेछन्, भवन नबनेसम्म इमर्जेन्सीमा व्यवस्थापन गर्न हामीलाई अप्ठेरो छ,’ उप्रेतीले भने ।

देशकै ठूलो अस्पताल वीरको आकस्मिक कक्षमा जम्मा २० बेड छन् । आकस्मिक कक्ष पनि निकै साँघुरो छ । बिरामीलाई अस्पतालको पेटीमा सुतेर इमर्जेन्सी बेड कुर्नुपर्ने बाध्यता भएको वीरको आकस्मिक कक्ष प्रमुख डा। केदार सेञ्चुरीले बताए । ‘बेवारिसे बिरामी त्यत्तिकै आउँछन्, बिरामीको चापअनुसार इमर्जेन्सीमा बेड पुग्दैन,’ डा। सेञ्चुरीले भने । इमर्जेन्सीमा बेड अभावका कारण बिरामीलाई त सास्ती छ नै, कुरुवालाई पनि उत्तिकै समस्या छ । ‘इमर्जेन्सीको कोठा सानो छ, बिरामीसँगै कुरुवा बस्न ठाउँ पुग्दैन,’ डा सेञ्चुरीले भने, ‘उनीहरूका लागि उभिने ठाउँ पनि छैन, कुरुवाहरू डाक्टरसँग झगडा गर्छन् ।’ आकस्मिक कक्षमा आफ्नो बिरामी कुर्ने ठाउँ नहुँदा टुंँडिखेलमा गएर बस्ने गरेको एक कुरुवाले सुनाए । वीरको आकस्मिक कक्ष अगाडि कुरुवा बस्नका लागि ठाउँ पनि छुट्याइको छैन, कुरुवा ढोकामै उभिएर बिरामी कुर्छन् ।

जापानी नियोग जाइकाले वीर र प्रसूति गृहको नयाँ भवन बनाउने जिम्मा लिएको छ । नयाँ भवन नबनेसम्म आकस्मिक कक्ष व्यवस्थापन गर्न नसकिने, ठाउँ अभावका कारण बेड थप्न नसकिने अस्पताल प्रशासनले जनाएका छन् ।

नरदेवी आयुर्वेद चिकित्सालयमा त इमर्जेन्सी कक्ष नै छैन । इमर्जेन्सी सेवा नभएकै कारण धेरै बिरामीलाई अन्य सरकारी अस्पतालमा रिफर गर्नुपरेको चिकित्सालयका निर्देशक डा। रामदेव यादवले बताए । ‘सरकारसँग बारम्बार इमर्जेन्सी कक्षको माग गरेका छौं, भौतिक सामग्री र दक्ष चिकित्सकको अभाव छ, कहिलेसम्म बिरामी फर्कारहने ?’ निर्देशक यादवले गुनासो गरे ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ९टिचिङ० र बाल कान्ती अस्पतलामा पनि इमर्जेन्सीमा बेड अभावको उस्तै समस्या छ । टिचिङको इमर्जेन्सी कक्ष प्रमुख योगेन्द्र कार्की भन्छन्, ‘बिरामीको चापअनुसार इमर्जेन्सीमा बेड छैन, एउटै बेडमा दुईतीन जना राखेर उपचार गर्नुपर्ने अवस्था छ ।’
कान्तिप्रबाट

प्रतिक्रिया दिनुहोस्