Logo
|
Wednesday 27th November 2024
Logo

epaper

भक्तपुरमै एचआईभी एड्सको विशेषज्ञ सेवा



भक्तपुरका एचआईभी एड्स संक्रमितहरुले अब जिल्लामै विशेषज्ञ चिकित्सकमार्फत सेवा पाउने भएका छन्। एचआईभी एड्सको क्षेत्रमा कार्यरत सुरुवात सामुदायिक उपचार तथा पुनस्र्थापना केन्द्रले उक्त सेवा दिने भएको हो। केन्द्रले राजधानीको टेकुस्थित राष्ट्रिय यौनरोग तथा नियन्त्रण केन्द्रका एचआईभी एड्स रोग विशेषज्ञ डा। सन्तोषानन्द झामार्फत भक्तपुरमा महिनाको दुई दिन सेवा दिनेछ।

उक्त सेवाको लागि केन्द्रले भक्तपुर नगरपालिका १ हाकुफल्चामा सामुदायिक हेरचार केन्द्र नै स्थापना गरेको सुरुवातका कार्यक्रम संयोजक पन्नोश शर्माले जानकारी दिए। उनका अनुसार उक्त केन्द्रमा एचआईभी एड्स संक्रमितहरुको उपचारसँगै आवासीय हेरचाह तथा पोषण सहयोग दिइने छ।ुसामुदायिक हेरचाह केन्द्रमार्फत एचआईभी संक्रमितहरुको थप स्वास्थ्य जाँचसँगै उपचारमा सहयोग गर्छौुं, कार्यक्रम संयोजक शर्माले भने, ुसंक्रमितहरुको भाइरल लोड, सीडीफोर जाँचको लागि समेत केन्द्रले सहयोग गर्छ।ु
उनले यही कार्तिकको दोस्रो हप्तादेखि उक्त विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य जाँच तथा उपचार सेवा सुरु गरिने बताए।जिल्ला एड्स समन्वय समिति भक्तपुरको २०७२ को तथ्यांकअनुसार भक्तपुरका एकसय १९ जना एचआईभी संक्रमित रहेका थिए। जसमध्ये अहिले करिब ५० जनाले मात्रै जीवनदायिनी औषधि ९एआरभी० खाइरहेका छन्।
समितिका अनुसार काठमाडौंबाट २० जनाले र भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरबाट ३० जनाले एआरटी खाइरहेको तथ्यांक छ। बाँकी कसले कहाँबाट एआरभी खाइरहेका छन् कुनै पनि समितिसँग यकिन तथ्यांक छैन।
भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरकी काउन्सिलर सृष्टि अर्यालले सेन्टरबाट एआरभी खाइरहेका दुई जना संक्रमितहरुले यसै वर्ष ज्यान गुमाएका छन्।भक्तपुर अस्पतालमा रहेको एआरटी सेन्टरमा औषधि खानेबाहेक अन्य विशेषज्ञ सेवासुविधा नहुँदा त्यहाँ उपचारको लागि संक्रमितहरु जान मान्दैनन्।
त्यसैले भक्तपुरका सबैजसो संक्रमितहरु उपचार तथा जाँचको लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता रहेको छ। साथै भक्तपुर अस्पतालमा आफन्तहरुको पनि ओहोरदोहोर हुने कारण आफ्नो गोपनीयता खुल्ने डरले पनि भक्तपुरका संक्रमितहरु यहाँबाट सेवा लिन अप्ठ्यारो मान्ने सुरुवातका काउन्सेलर सुरेन्द्र श्रेष्ठले बताए।
ुसंक्रमितहरुलाई एआरभी औषधिमात्रै भएर पुग्दैन, नियमित रुपमा स्वास्थ्य जाँच गर्नुपर्छ’, उनले भने, ‘तर भक्तपुर अस्पतालमा एचआईभी एडस्का विशेषज्ञ चिकित्सक छैनन्। भाइरल लोड र सीडी फोर काउन्टिङ तथा प्रयोगशालाको व्यवस्थासमेत छैन।ु
सुरुवातले एचआईभी एड्सका विशेषज्ञ चिकित्सकमार्फत सेवासँगै उपचार र जाँचमा सहयोग गर्ने भएपछि संक्रमितहरु लाभान्वित हुने उनको विश्वास छ।
ुसुरुवातले भक्तपुरमै विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य जाँच तथा उपचार दिने भएपछि यहाँका संक्रमितहरुलाई अब काठमाडौं जानुपर्ने बाध्यता हुनेछैनु, भक्तपुर अस्पताल एआरटी सेन्टरकी काउन्सिलर अर्यालले भनिन्।अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्