Logo
|
Tuesday 30th April 2024
Logo

epaper

जिल्ला अस्पतालबाट सेवाग्राहीले प्रभावकारी सेवा पाएनन्



सरकारले नागरिकको स्वास्थ्य अधिकारलाई वर्तमान संविधानमा मौलिक हकका रुपमा स्थापित गरे पनि सोअनुसार यहाँका नागरिकले सेवा सुविधा पाउन सकेका छैनन् ।

जिल्ला अस्पतालबाट ७० बढी प्रकारका औषधि निःशुल्क वितरण गर्ने सरकारी घोषणा भए पनि जिल्ला अस्पतालमा भने ३० प्रकारका भन्दा बढी औषधि बिरामीले पाउँदैनन् ।

जिल्ला अस्पतालको व्यवस्थापन प्रभावकारी हुन नसक्दा आफूहरुले प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको कपिलवस्तु नगरपालिका वडा नं २ का रामप्रसाद लम्सालले बताउनुभयो । अस्पतालमा आउने बिरामी त स्वास्थ्य सेवा प्रभावकारी भएन भनेर आक्रोशित छँदैछन् ।

तर अस्पतालमा कार्यरत कर्मचारी पनि स्वास्थ्य उपचारका लागि आवश्यक उपकरणको अभावका कारण स्वास्थ्य सेवा प्रभावकारी दिन नसकेको आकष्मिक वार्डका कर्मचारी शैलेन्द्र गुप्ताले बताउनुभयो । इमर्जेन्सी टिकटसमेत नहुँदा ओपिडी टिकटबाट इमर्जेन्सी वार्डमा काम चलाउँदै आएको सो वार्डका एक स्वास्थ्यकर्मीले बताए । यसैगरी एक्सरे वार्डमा सहयोगी कर्मचारी नहुँदा एक्सरे गर्न समस्या भइरहेको डार्क रुम अधिकृत भोजराज रेग्मीले बताउनुभयो ।

क्षेत्र र केन्द्रबाटै औषधि नआएका कारण निःशुल्क औषधि वितरणमा केही समस्या आएको जिल्ला अस्पतालले जनाएको छ । निःशुल्क औषधि वितरणका लागि स्टोरमा औषधि अभाव भएपछि आफूहरुले पटकपटक क्षेत्र र केन्द्रमा यसका लागि पहल गर्दै आएको जिल्ला अस्पतालका स्टोरकिपर विजय चौधरीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्