Logo
|
Wednesday 1st May 2024
Logo

epaper

अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड



अपाङ्ता भएका व्यक्तिलाई सहज वातावरण सिर्जना गर्नका लागि राज्यले अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

करुणा फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘सञ्चारकर्मी र अपाङ्गता भएका व्यक्ति’बीचको छलफलमा वक्ताहरुले अपाङ्गता भएका व्यक्तिलाई हरेक क्षेत्रमा सहज पहुँचका लागि भौतिक संरचना निर्माण अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राष्ट्रिय योजना आयोगमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व भएमात्र अपाङ्गमैत्री संरचना निर्माण हुने बताउनुभयो ।

“घर, अस्पताल, बस, हवाईजहाज, सरकारी भवन, चर्पीलगायतका संरचना अपाङ्गमैत्री हुनुपर्छ,”– उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अपाङ्गता भएका व्यक्तिका सवालमा सञ्चारमाध्यामभित्र गम्भीर समीक्षा हुनु जरुरी छ भन्नुभयो ।

नेपाल प्रेस काउन्सिलका सदस्य संगीता खड्काले अपाङ्गता भएका व्यक्तिलाई सम्बोधनका लागि प्रेस काउन्सिलले जारी गरेको अपाङ्गसम्बन्धी निर्देशिकालाई कार्यान्वयनमा ल्याउन जोड दिनुभयो ।

डा। राजु ढकालले विभिन्न सञ्चारमाध्यमले अपाङ्ग भएका व्यक्तिलाई सम्बोधन गर्ने तरिकामा फरक हुँदा तिनको इच्छाशक्तिमा ह्रास आउने भएकाले सम्मानजनक शब्द प्रयोग गर्न सुझाब दिनुभयो । सो अवसरमा अपाङ्ग व्यक्तिको जनहितका लागि जारी युट्युव भिडियो सार्वजनिक गरिएको थियो ।

फाउण्डेशनका अध्यक्ष गोविन्द अधिकारीले लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको यस संस्थाले अपाङ्गताको क्षेत्रमा पनि महत्वपूर्ण कार्य गरेको जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्