Logo
|
Thursday 2nd May 2024
Logo

epaper

राष्ट्रिय फुटबल टिमका उपकप्तान लामाको शल्यक्रिया, ६ महिना मैदान नफर्कने



नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान विक्रम लामालाई आउँदा ६ देखि ८ महिना खेल मैदानमा देख्न पाइने छैन। दाहिने गोडामा लागेको चोटको आइतबार राति शल्यक्रियापछि चिकित्सकले उनलाई ६ देखि ८ महिना आराम गर्न सुझाएका छन्।

दाहिने गोडामा चोट लागेका लामाको वरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेको टिमले शनिबार राति १ बजे सफल शल्यक्रिया गरेको हो। बुढासुबा गोल्डकपको फाइनलमा नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएपछि लामालाई अस्पताल भर्ना गरिएको थियो।

थ्री स्टार क्लबका कप्तानसमेत रहेका लामाको दाहिने गोडाको हड्डी शल्यक्रिया गरी जोडिएको उपचारमा संलग्न डा। बास्तोलाले फेसबुकमा लेखेका छन्। पाण्डेका अनुसार लामा ६ देखि ८ महिनामा खेल मैदानमा फर्कनेछन्। लामाको आइतबार देखि नै फिजियोथेरापी सुरु गरिने बास्तोलाले जनाएका छन्।

शनिबार भएको फाइनलमा थ्रीस्टार क्लबले नेपाल पुलिसलाई १० गोलले हराउँदै बूढासुब्बा गोल्डकपको उपाधि उचालेको छ। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्