Logo
|
Tuesday 30th April 2024
Logo

epaper

पाल्पामा १५ कुष्ठरोगका बिरामी फेला



पाल्पा जिल्लामा यस आर्थिक वर्षमा १५ जना कुष्ठरोगका बिरामी फेला परेका छन् ।

साउनदेखि यता पुरुष १० र महिला पाँच गरी १५ जना कुष्ठरोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिनुभयो । गत आवमा पुरुष १० र महिला नौ गरी जम्मा १९ जना कृष्ठरोगका बिरामी फेला परेको ज्ञवालीले बताउनुभयो ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा ढिलो सर्ने हँुदा पनि यसको समयमा नै उपचार गरेमा रोग निको हुने उहाँको भनाइ छ । जिल्लाका ६६ वटा स्वास्थ्य संस्थाबाट यसको निःशुल्क उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्