Logo
|
Tuesday 30th April 2024
Logo

epaper

महिला र आँखा स्वास्थ्य



तिलगंगा आँखा प्रतिष्ठानले फ्रेड हलोज फाउण्डेसनको सहकार्यमा लैगिंक आँखा स्वास्थ्य सम्बन्धी एउटा अध्ययनपत्र प्रकाशित गरेको छ ।

यस अध्ययनपत्रले महिलामा आँखा स्वास्थ्यको पहुँच र यसको प्रभावबारे प्रकाश पारेको छ ।
विश्वमा कुल अन्धोपनामध्ये ५५५ महिला रहेका छन् । जुन निम्न र मध्यम आय भएका देशहरुमा बसोबास गर्दछन् । दिगो विकास लक्ष्य प्राप्तिका लागि समानता उचित कार्यभार, आर्थिक वृद्धि साथै भिजन २०२० लक्ष्य प्राप्तिका लागि आँखा स्वास्थ्य सेवामा महिला र बालिकाको पहुँच बढाउँदै सम्पूर्ण किसिमका असमानता हटाउन आवश्यक रहेको छ ।
एक महिलाले पूर्नदृष्टि प्राप्त गर्दा उसमा पर्ने मनोवैज्ञानिक प्रभाव, आयआर्जको सम्भावना, सामाजिक क्रियाकलापमा सहभागिताको क्रममा विकास साथै परिवारमा सामाजिक, आर्थिक लागत जस्ता तथ्यको सकारात्मक प्रभाव पर्ने इकोनोमोनिष्ट इन्टिलेजन्स युनिटको अध्ययनमा देखिन्छ ।
महिला शसक्तिकरणको उद्देश्यका साथ तिलगंगा आँखा प्रतिष्ठान मार्फत संचालित शहर तथा सामूदायमा केन्द्रित आँखा कार्यक्रममा महिलाको सशक्त उपस्थिती देखिन्छ ।
प्रतिष्ठानको कार्यकारी निर्देशक डा. रिता गुरुङ्गको नेतृत्वमा कुल ३२ मध्ये २१ महिला नेत्र विशेषज्ञले निरन्तर सेवा प्रदान गरिरहनुभएको छ । डा. रिता गुरुङ्ग भन्नुहुन्छ,—‘हाल पनि आँखा सेवा आवश्यक मध्ये कुल ३० देखि ३५ प्रतिशत आँखा सेवाग्राहीले सेवा पाइरहेको सन्दर्भमा महिलामा भएको कुल अन्धोपनको भारको आधारमा, ६०५ सेवा महिलाले प्रयोग गर्नुपर्नेमा ५३ ५ मात्र प्रयोग गरेको देखिन्छ । जुन बिल्कुलै सन्तोषजनक देखिँदैन । विभिन्न सेवा र विकासका कार्यक्रममा महिला लक्षित कार्यक्रम आइरहेको अवस्थामा आँखा स्वास्थ्य सेवालाई महिला लक्षित गरी समूदायमा लैजाँदा मात्र आँखा सेवाको समतामूलक वितरण र भिजन २०२० को लक्ष्यहरु प्राप्त गर्ने सम्भावना देखिन्छ । यस कार्यक्रमबाट हामी आशावादी छौ ।’
त्यस्तै फ्रेड हलोज फाउण्डेसनका क्षेत्रिय निर्देशक रमेश पुरी भन्नुहुन्छ—‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एक समानता, उचित कार्य, आर्थिक वृद्धि साथै भिजन २०२० लक्ष्य प्राप्तिका लागि आँखा स्वास्थ्य सेवामा महिला र बालिकाको पहुँच बढाउँदै सम्पूर्ण किसिमका असमानता हटाउन आवश्यक रहेको छ ।’
नेपालको स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका निभाइरहेका नेत्र विशेषज्ञहरुले दृष्टि पुर्नःस्थापनको नेतृत्व गरिरहेका छन् । अन्तराष्ट्रिय एजेन्सी इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसले हालै प्रस्तुत गरेको एक तथ्यांक अनुसार विश्वभरिको अन्धोपन ५५ ५ महिलाहरुमा पुरुषहरुभन्दा १.३ ५ गुणा बढि अन्धोपन हुनसक्ने देखाएको छ । प्रत्येक ५ जना दृष्टिविहिनमध्ये मध्ये ४ जना दृष्टिविहिन हुन नपर्ने तथ्यले महिलाहरुको आँखा स्वास्थ्यमा देखिएको खाडल कम गर्न तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसनको सहकार्य महत्वपूर्ण देखिएको छ ।
नेपालका गाउँका महिलाहरुको अन्धोपन निवारण गर्नु धेरै चुनौतिहरु छन् । फ्रेड हलोज फाउण्डेसन र तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा नेपालका ७ वटा जिल्लाहरु धनुषा, सर्लाही, सिन्धुली, महोत्तरी, कैलाली, बैतडी र डडेल्धुरामा महिलाहरुको आँखा स्वास्थ्य सेवा पहुँचलाई अझ प्रभावकारी सहज बनाउन एउटा परियोजना लिएर आएको छ ।
आँखा स्वास्थ्य हेरविचारमा लैगिंक मैत्री जनचेतना विकास सामाग्री उत्पादनको लागि लैगिंक मुद्दाका समूहलाई समेटी यहि फाल्गुण १५ देखि १७ सम्म काठमाडौंमा एक अन्तर्राष्टिय कार्यशाला सम्पन्न गरिएको छ । जसमा नेपाल, पाकिस्तान, बंगलादेश, भियतनाम र अष्ट्रेलियाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
तथ्याङ्क

  • हाल २ करोड महिला अन्धोपना र १२ करोड महिलामा दृष्टिदोष रहेको देखिन्छ ।
  • इन्टरनेशनल इजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसको अध्ययनले सन् २०५० सम्ममा अन्धोपनाको भार ३ गुणा बढ्ने सम्भावना रहेको देखाउँछ ।

 

किन महिलाहरु अन्धोपनाबाट बढी जोखिममा छन् ?

  • आँखा स्वास्थ्यमा महिलाको पहुँच तुलनात्मक रुपमा पुरुषको भन्दा कम देखिन्छ ।
  • महिलाको औसत आयु पुरुषको भन्दा बढी भएकोले उमेरले निम्त्याउने आँखाको समस्या जस्तै मोतिविन्दुको समस्या महिलामा बढी देखिन्छ ।
  • आय आर्जन तथा परिवारको निर्णायक भूमिकामा नहुँदा हालको उपचारको लागत पुरुषमूखी बढी देखिन्छ
  • आँखा सेवा लिन महिलालाई सहयोगी साथीको आवश्यक्तता पर्नेको कारण सेवा प्रयोगमा कमी हुने देखिएको छ ।
  • रोजगारमा कम सहभागिता तथा घरायसी कामको लागत मूल्याकंन नगरिनु अर्को कारण देखिन्छ ।

फ्रेड हलोज फाउण्डेसन हटाउन सक्ने अन्धोपनमा विश्वमा कार्यरत एक अन्तराष्ट्रिय विकास संस्था हो । फ्रेड हलोज र उनकी श्रीमती ग्यावी हलोज द्धारा स्थापित यस फाउण्डेशनले विशवका २५ देशहरुमा अति सिमान्तकृत समुदायका व्यतिहरुको दृष्टि पुर्नस्थापनामा कार्यरत छन् ।

 

प्रतिक्रिया दिनुहोस्