Logo
|
Tuesday 30th April 2024
Logo

epaper

विश्व मिर्गौला दिवस २०१८ः मिर्गाैला र महिला स्वास्थ्य



आज विश्व मिर्गौला दिवस । हरेक वर्षको मार्चको दोस्रो बिहिबार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ । सन् २०१८ मा यो दिवस मार्च ८ तारेकमा परेको छ । यस वर्ष विश्व महिला दिवस पनि सोही दिन परेकाले महिला स्वास्थ्यलाई मुख्य केन्द्रित बनाएर नारा तय गरिएको छ । यस वर्ष ‘मिर्गौला र महिला स्वास्थ्य’ भन्ने मुख्य नारा तय गरी जनचेतनामुलक कार्यक्रमहरुमार्फत महिलाहरुलाई मिर्गौला जाँचमा बढी भन्दा बढी सहभागिता गराएर उनीहरुको मान सम्मान एवं सशक्तिकरणलाई मुख्य जोड दिइएको छ ।
यसैबीच शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानको संयुक्त पहलमा लतिलपुरको आर्मी स्पोर्टस् क्लवमा आयोजना गरिएको नबौं प्रत्यारोपित खेलमा निःशुल्क निःशुल्क शिविर सञ्चालन गरिनुका साथै निःशुल्क औषधि वितरणसमेत गरिएको थियो ।
सन् २००६ देखि मनाउन शुरु गरिएको विश्व मिर्गौला दिवसको मुख्य उद्देश्य व्यक्तिलाई मिर्गौला रोगबारे जागरुक गराउने र समस्याको निदान गर्ने भएको वरिष्ठ प्रत्यारोपणविद् एवं शहीद धर्मभक्त राष्ट्रिय प्रतिषठनका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताउनुभयो ।
इन्टरनेशनल सोसाइटी अफ किड्नी डिसिजेस र इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीले लगातार बढिरहेको मिर्गौला रोगलाई मध्य नजर गरेर दिवसका रुपमा मनाउन शुरु गरेको हो । यो इन्टरनेशनल सोसाइटी फर नेफ्रोलोजी एवं द इन्टरनेशनल फेडरेसन अफ फाउन्डेसनको संयुक्त पहिलमा भएको हो ।
मिर्गौला रोग एक विश्वब्यापी स्वास्थ्य समस्या हो जसले मिर्गौला विफल गराएर समयभन्दा अगावै मृत्युको मुखमा पु¥याउनसक्छ । विश्वमा करिब १ करोड ५० लाख महिलाहरु क्रोनिक किड्नी डिजिज (सिकेडी) बाट ग्रस्त छन् । वर्तमान समयमा सिकेडी महिलाको मृत्युको आठौ प्रमुख कारण भएको छ विश्वमा क्रोनिक किड्नी डिजिजका कारण प्रत्येक वर्ष लगभग ६ लाख महिलाको मृत्यु हुने गरेको इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीले जनाएको छ ।
सिकेडीको जोखिम पुरुषहरुमा पनि उच्च छ । केही अध्ययनले पुरुषको तुलनामा महिलामा सिकेडीको समस्या बढी हुने देखाएका छन् । मिर्गौला विफल पुरुषको तुलनामा महिलाहरुमा धेरै हुने गरेको छ । महिलाहरुमा औसत १४ प्रतिशत मिर्गौला विफल हुन्छ भने पुरुषमा १२ प्रतिशत मात्र भएको जनाइएको छ ।
अहिले डायलिसिस गर्ने संख्या पुरुषको तुलनामा महिलाको कम छ । यसो हुनमा महिला स्वास्थ्यप्रति चासो नराख्ने मानसिक सोच एउटा हो भने आर्थिक समस्याका कारण उपचारमा ढिला सुस्ती छ । महिलाहरुमा जागरुकताको अभावमा डायलाईसिस सेवा लिन सकेको पाइँदैन । यसका साथै उनीहरुको हेरचाहमा असमानता प्रमुख कारण हुन् । यसका साथै मिर्गौला प्रत्यारोपणका लागि मिर्गौला दान गर्न महिलाहरु धेरै अग्रसर हुन्छन् तर उनीहरुलाई मिर्गौला दिने पुरुषको संख्या कम छ । त्यसैले महिलाको लागि न्यायसंगत स्वास्थ्य सेवाका मुद्धामा ध्यान दिनुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्