Logo
|
Tuesday 30th April 2024
Logo

epaper

ललितपुरमा नबौं नेपाल प्रत्यारोपण खेलकुदको आयोजाना



विश्व मिर्गौला दिवस २०१८ को अवसरमा मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिहरुबीच नबौं नेपाल प्रत्यारोपण खेलकुदको आयोजना गरिएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानको संयुक्त आयोजनामा ललितपुरको आर्मी स्पोस्र्ट क्वलमा सो खेलकुदको आयोजना गरिएको हो ।
सो अवसरमा ४० वर्षमुनिका महिलाहरुबीच भएको १०० मिटर दौडमा मिर्गौला प्रत्यारोपित गीता श्रेष्ठ प्रथम, तुलासा भट्टराई द्धितिय र प्रतिमा लोहनीले तेस्रो सफलता हाँसिल गर्नुभयो भने ४० वर्ष माथिका मिर्गौला प्रत्यारोपित महिला दौडमा सानुसोभा शाक्य प्रथम, सुमिना थापा द्धितिय र सुलोचना श्रेष्ठ त्रितिय हुनुभएको छ ।
यसैगरी ४० वर्षमुनिका प्रत्यारोपित पुरुषहरुको १०० मिटर दौडमा श्रीराम चौलागाईं पहिलो, राजेश प्रजापति दोस्रो र जीवनलाल रञ्जितकार तेस्रो हुनुभयो भने ४० वर्षमाथिका प्रत्यारोपित १०० मिटर दौडमा विष्णुलाल श्रेष्ठ, अरुण तुलाधर द्धितिय र सदा शिव भण्डारी तेस्रो हुनुभएको छ ।
यसैवीच महिला २०० मिटर दौडमा गीता श्रेष्ठ प्रथम, तुलसा भट्टराई द्धितिय र सानुशोभा शाक्य त्रितिय हुनुभएको छ ।
यसैगरी ४० वर्षमुनिका पुरुष २०० मिटरको दौडमा खिमबहादुर रुचाल पहिलो, राजेश प्रजापति दोस्रो र झम्क श्रेष्ठ तेस्रो हुनुभयो भने ४० वर्ष मुनिका पुरुष २०० मिटर दौडमा नरेश खत्री पहिलो, दिनेशकुमार चौधरी दोस्रो र अरुण तुलाधर तेस्रो हुनुभयो ।
यसैगरी ४०० मिटर पुरुष दौडमा कृष्णराम थापा पहिलो, कविराज गैरे दोस्रो र हरिप्रसाद काफ्लेले तेस्रो स्थान प्राप्त गर्नु सफल हुनुभयो ।
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु आफ्नो दैनिक दिनचर्या र खेलकुदमा सवल हुन्छन्, डराउनुपर्दै भन्ने सचेतना जागृत गर्न मिर्गौला प्रत्यारोपितहरुबीच विगत ९ वर्षदेखि खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मिर्गौला एवं कलेजो प्रत्यारोपणविद् डा.पुकार चन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्