Logo
|
Thursday 2nd May 2024
Logo

epaper

हनुमन्ते सफाइ वर्ष घोषणा



२०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गरिएको छ ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको हनुमन्ते सफाइ अभियानको सातौँ हप्ता आज वैशाख १ गते हनुमन्ते नदीमा उभिएर प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले २०७५ साललाई हनुमन्ते सफाइ वर्षको रुपमा मनाइने घोषणा गर्नुभयो ।

उहाँले पवित्र रुपमा स्वच्छ पानी बग्नुपर्ने नदीमा ढल मिसाउने, सिसादेखि घरका सबै फोहोर नदीमा फ्यालेर असभ्यता प्रकट मात्रै नगरी रोग समेत निम्त्याएको बताउँदै यसवर्षलाई हनुमन्ते सफाइ वर्षको रुपमा मनाउने घोषणा गर्नुभएको हो ।

अभियानका संयोजक तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हनुमन्ते पूर्णरुपमा सफा नभई अभियान नरोकिने बताउनुभयो ।

दश टन फोहोर संकलन

हनुमन्ते सफाइ अभियानका क्रममा आज बालकोट र मध्यपुरथिमिको गठ्ठाघरको सिमानामा रहेको फलामे पुल क्षेत्रमा सफाइ गरियो । सफाइ अभियानबाट १० टन फोहोर संकलन गरिएको अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो ।

सो अवसरमा हनुमन्ते सफाइमा सहभागी २०० भन्दा बढी अभियन्ता एवं स्थानीयले २०७५ सालभित्र हनुमन्तेलाई सफा गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस्