Logo
|
Wednesday 1st May 2024
Logo

epaper

शहीद, अपांगलगायतलाई परिचयपत्र–निःशुल्क उपचार माग



 माओवादी पूर्वजनमुक्ति सेना पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चौधबुँदे मागसहितको ज्ञापनपत्र पेश गरेको छ ।

पार्टी अध्यक्ष रञ्जित गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलले आज उहाँलाई भेटी प्रस्तुत गरेको ज्ञापनपत्रमा जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेश, आदिवासी तथा जनजाति, महिला, मुसलमान र दलित आन्दोलनलाई संस्थागत गर्न शहीद, बेपत्ता, घाइते, अपांगलगायतलाई परिचयपत्र र निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिनिधिमण्डलले आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापासमक्ष पनि सो ज्ञापनपत्र प्रस्तुत गरेको पार्टीका महासचिव विकल्प नेपालीले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्