Logo
|
Wednesday 1st May 2024
Logo

epaper

स्वस्थ प्रधानमन्त्रीलाई अस्वस्थ भन्दै त्रिवि सभा बैठक स्थगित



प्रधानमन्त्री स्वस्थ हुनुहुन्छ, त्रिवि बैठकको कार्यसुची प्रष्ट नभएकोले मात्रै नजानु भएको हो : प्रेस सल्लाहकार अर्याल

काठमाडौँ — स्वस्थ रहेका प्रधानमन्त्रीलाई त्रिवि पदाधिकारीले अस्वस्थ भएको भन्दै गलत जानकारी दिएर सभा बैठक स्थगित गरेका छन् ।
उपकुलपति तीर्थ खनियाँले प्रधानमन्त्री अस्वस्थ भएकोले बैठक स्थगित गरेको सहभागीलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री स्वस्थ रहेको बताए। ‘उहाँ स्वस्थ्य हुनुहुन्छ। त्रिवि सभाको कार्यसुची प्रष्ट नभएकोले नजानु भएको हो,’ अर्यालले भने, ‘शनिबार पनि दिनभर ब्यस्त हुनुहुन्थ्यो। आज पनि व्यस्त हुनुहुन्छ। बेलुका संसद बैठकमा पनि जाँदैहुनुहुन्छ।’उपकुलपति र अन्य पदाधिकारीको कार्यशैली चित्तबुझ्दो नभएको र आइतबार हुने बैठकको कार्यसुची प्रष्ट नहुँदा बैठकमा नगएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल मार्फत प्रधानमन्त्री अस्वस्थ भएको जानकारी पाएपछि बैठक स्थगित गरिएको खनियाले दाबी गरे । ‘बैठक स्थित गर्न शिक्षामन्त्रीबाट खबर पाएँ । मैले स्थगित गर्नुको कारण खोज्दा प्रधानमन्त्री अस्वस्थ भएकोले स्थगित गर्न भनियो,’ खनियाले भने ।
शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जादा पनि भेट्न नसकिएको उपकुलपति खनियाले बताए । उपकुलपति खनियाले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग छलफल गरेर अर्को बैठक बोलाइने जानकारी दिए ।
बैठकमा त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम संसोधन गर्ने, आर्थिक व्यवस्थापन तथा खरिद नियम संशोधन, त्रिवि संगठन तथा तथा शैक्षिक प्रशासनसम्बन्धी नियम संसोधन, त्रिविको शैक्षिक विकासको निमित्त आवश्यक भिजन २०३० अनुसार रणनीतिक योजना कार्यान्वयन गर्ने सम्बन्धी प्रस्ताव तयार गरेको थियो ।
त्यस्तै सिराहाको सूर्यनारायण सत्यनारायण मरवैता क्याम्पसमा पढाउन छाडेर त्रिवि प्राध्यापक संघको राजनीतिक गर्ने बडबरियाको कामै नगरी तलब दिने गरी हाजिरी स्वीकृत गर्न लागेको थियो ।
प्रधानमन्त्रीको अध्यक्षमा हुने त्रिवि सभामा काठमाडौंमा बसेर राजनीति गर्ने सहप्राध्यापक योगेन्द्रनारायण बडबरियाको ६ सय ७ दिनको हाजिरी समेत अनुमोदन गर्न लागेको बैठकको कार्यसुची बनाएपछि प्रधानमन्त्री ओली असन्तुष्ट भएको स्रोतले जनाएको छ ।प्राध्यापक संघको सभापतिको पदावधि चार वर्षअघि नै सकिए पनि बडबरियाको अझै काठमाडौंमा बसेर राजनीतिक गरिरहेका छन् ।कान्तिपुर

प्रतिक्रिया दिनुहोस्