Logo
|
Friday 19th April 2024
Logo

epaper

प्रत्यारोपणपछि मिर्गौलाको स्याहार  



विशेषगरी नेपालीले नियमित स्वास्थ्य परीक्षण नगर्ने र मिर्गौलामा समस्या भएको अन्तिम अवस्थामा मात्र हस्पिटल पुग्ने गरेका थुप्रै उदाहरण छन् । यस्तो अवस्थामा मिर्गौला ट्रान्सप्लान्टको विकल्प हुँँदैन । दुवै मिर्गौला फेल भएपछि केही समय डायलोसिस गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । यी हुन् त्यसपछिका सजगता :

मिर्गौला ट्रान्सप्लान्ट गरेका बिरामीले स्वास्थ्य परीक्षणमा निकै ध्यान दिनुपर्छ । नियमित स्वास्थ्यजाँच गर्दा मात्र शरीरलाई थप हानिबाट बचाउन सकिन्छ ।

यस्ता मानिसले औषधिको सेवन नियमित गर्नुपर्ने हुन्छ । यस्तो औषधि एक दिन पनि नबिराई प्रयोग गर्नुपर्छ । एक–दुई दिन मात्र छुट्यो भने पनि पुनः मिर्गौला फेल हुन सक्छ । त्यसैले औषधिको विषयमा भने अत्यन्तै संवेदनशील बन्न आवश्यक हुन्छ ।

यस्ता मानिस धुवाँ–धुलोबाट टाढै रहनुपर्छ । या प्रदूषणयुक्त ठाउँमा बढी हिँड्नुहुन्न । यस्तो ठाउँमा हिँड्दा इन्फेक्सनको अत्यधिक खतरा हुन्छ र त्यसको असर मिर्गौलामा पर्न जान्छ ।

सरसफाइमा ध्यान दिनुपर्छ ।

मिर्गौला ट्रान्सप्लान्ट गरेका मानिसले खानेकुरामा पनि अत्यन्तै ध्यान दिनुपर्छ । जसका लागि डाइटिसियनसँग परामर्श गर्दा राम्रो हुन्छ ।

यदि रक्तचाप र मधुमेहसम्बन्धी बिरामी छ भने त्यसलाई पनि सधैँ नियन्त्रणमा राख्न जरुरी हुन्छ । नत्र यसले विकराल रूप निम्त्याउने गर्छ ।

खासगरी, मिर्गौला ट्रान्सप्लान्टपछि भारी काम गर्नुहुँदैन भन्ने भ्रम हुन सक्छ । यस्ता मानिसले जस्तोसुकै काम पनि गर्न सक्छन् । या भनौँ पहिलाकै लाइफ स्टाइलमा फर्कन सक्छन् । हामीले नै उनीहरूलाई सुरुमा फुटबललगायतका गेमहरू खेलाउने गर्छौं ।

यसरी ट्रान्सप्लान्ट गरेको मिर्गौलाको आयु सामान्यतया १५–२० वर्षको हुन्छ । तर, राम्रोसँग आफ्नो स्वास्थ्यमा ध्यान दिएको मानिसको भने २६–२७ वर्षसम्म पनि एउटै मिर्गौलाले काम गरिरहेको हुन्छ । नयाँ पत्रिका

 

प्रतिक्रिया दिनुहोस्