Logo
|
Thursday 2nd May 2024
Logo

epaper

चिकित्सकको आन्दोलन: आकस्मिक बाहेकका सबै सेवा ठप्प



भाद्र १७, २०७५ मुलुकी अपराध संहिता ऐन २०७४ संशोधनको माग गर्दै चिकित्सकहरु आजबाट आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघ आवद्ध चिकित्सकहरुले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

चिकित्सकहरुले आजै नेपाल मेडिकल काउन्सिल पुगेर चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) बुझाउने तयारी समेत गरेका छन् ।
नेपाल चिकित्सक संघले आफ्ना सदस्यहरुबाट संकलन गरेको करीब ४ हजार बढी लाइसेन्स विहान १० बजे काउन्सिलमा बुझाउन लागेको संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले बताउनुभयो । संघका अध्यक्ष डा श्रेष्ठले मुलुकी ऐनको कतिपय बुँदामा भएका प्रावधानका कारण चिकित्सकीय सेवा गर्न असमर्थ हुने भन्दै लाइसेन्स बुझाउन लागिएको बताउनुभयो ।
गत भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएपछि त्यसको संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् । संघले आजै माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जनाएको छ । माग पुरा नभए आगामी शुक्रबारबाट अनिश्चितकालिन हड्तालमा उत्रिने संघले जनाएको छ । यसैबीच सरकारी चिकित्सक संघ गोदानले समेत नेपाल चिकित्सक संघका कार्यक्रममा ऐक्यवद्धता जनाएको छ । कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्