Logo
|
Thursday 2nd May 2024
Logo

epaper

स्टार हस्पिटल र माछापुच्छ्रे बैँक बिच सम्झौता



ललितपुरको सानेपा स्थित स्टार हस्पिटल र माछापुच्छ्रे बैँक बिच एक अर्का सँग सहकार्य गर्ने सम्झौता भएको छ ।
स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा माछापुच्छे्र बैँकका तर्फबाट बैँककी ब्राञ्च म्यानेजर शुभता राणा थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता भएसँगै स्टार हस्पिटलले माछापुच्छे्र बैँकका ग्राहक, कार्मचारी तथा कर्मचारीहरुका परिवारजनलाई उपचार खर्चमा १५% सम्म छुट दिने भएको हो । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैँकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ भने बैकका कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाउनुपर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्