Logo
|
Tuesday 30th April 2024
Logo

epaper

नेपाल मेडिसिटी र मध्यपुर अस्पताल बीच सम्झौता




ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी र भक्तपुरको ठिमीमा अवस्थित मध्यपुर अस्पतालबिच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र मध्यपुर अस्पतालका तर्फबाट अध्यक्ष डा. राम कृष्ण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार सम्भव भएका उपचार मध्यपुर अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीले सहयोग गर्ने भएको छ ।

स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाको समन्वय पनि बलियो हुनुपर्ने भएकाले यस किसिमको सम्झौता गरिएको नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले बताउनुभयो ।

दुइ अस्पतालबिच सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा सहमति गरिएको छ । अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारिएको हो ।

प्रविधि, पुर्वाधार र चिकित्सकिय दृष्टिकोणमा अग्रणी भूमिका खेलिरहेको नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गर्न पाएकोमा मध्यपुर अस्पतालका अध्यक्ष श्रेष्ठले खुशी व्यक्त गर्नुभयो ।

अरबौ रकम खर्चिएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न प्रेरित गराउनका लागि यो एक महत्वपुर्ण अभियान रहनेमा नेपाल मेडिसिटीका महाप्रबन्धक रिमालले विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्