Logo
|
Thursday 2nd May 2024
Logo

epaper

सुदिप्त क्यान्सर सर्भाभर र्याम्प शो ले के सन्देश देला



जनवरी ११ तारिखमा हुने ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा नेपालमा पहिलोपटक उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिहरुबाट सर्भाइभर र्याम्प शो हुन लागेको हो । कार्यक्रममा २४ जना क्यान्सर सर्भाइभरहरुको सहभागिता रहने छ जसमा अत्यधिक महिला सर्भाइभरहरुको सहभागिता रहेको छ । २० जना महिला र ४ जना पुरुषले भाग लिने सो र्याम्प शो मा एकजना विदेशी क्यान्सर सर्भाभरको पनि सहभागिता रहने छ । ललितपुरमा एक पत्रकार सम्मेलन गरी कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो । र्याम्प शोमा करिब १८ वर्षदेखि क्यान्सर निको भएका सर्भाइभरहरुको सहभागिता रहनेछ ।
क्यान्सर सम्बन्धि सम्पूर्ण भ्रम चिर्न र नियमित स्वास्थ्य परीक्षण बाट समयमानै क्यान्सर रोगको पत्ता लगाई सही उपाचार गराएमा क्यान्सर रोग निको हुन्छ र क्यान्सर रोगको उपचार पछि नयाँ जीवन प्राप्त गर्नेहरुको क्यान्सर पछिको जीवन स्वाभाविक र सुन्दर हुन्छ भन्ने सन्देश सम्प्रेशन गर्ने उद्देश्यले सुदिप्त क्यान्सर सर्भाईभर ¥याम्प शो को आयोजना गरिएको नेपाल क्यान्सर सहयोग समूह एवं नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष डा. सुदिप श्रेष्ठले बताउनुभयो ।
नियमित स्वास्थ्य परीक्षणले प्राथमिक तहमानै क्यान्सर पत्ता लाग्ने र उपचारपछि क्यान्सर निको हुन्छ । क्यान्सर पछिको जीवन स्वाभाविक र स्वस्थ्य रहन्छ भन्ने कुराको जानकारी गराउनु नै यस र्याम्प शोको उद्देश्य भएको कन्सल्टेन्ट अंकोलोजिष्ट एवं नेपाल क्यान्सर हस्पिटलका मेडिकल डाइरेक्टर डा. विजेश राज घिमिरेले बताउनुभयो ।
रंगी चंगी पोषाकमा कलात्मक चालमा ¥याम्पमा हिड्ने क्यान्सर विजेताहरुले ती सन्देशहरु सशक्त रुपमा सम्प्रेषण गर्न सक्षम हुने हुनाले पनि उपाचारमा रहेका क्यान्सरका विरामी र तिनीहरुका परिवारको मनोवल बढाउन ‘सुदिप्त क्यान्सर सर्भाईभर र्याम्प शो‘ अत्यन्त उपयोगी हुने कार्यक्रमकी सयोजक स्वरुपा श्रेष्ठले बताउनुभयो ।

आज सम्पूर्ण विश्वमा क्यान्सर रोग महामारिको रुपमा फैलिएको छ र नेपालमा पनि यो रोगले महामारिको स्वरुपधारण गरेको छ । विकसित मूलूकहरुमा क्यान्सर रोग सम्बन्धी जन चेतना र समयमानै स्वास्थ्य परीक्षण गराउन र उपाचारमा जाने परिपाटि बसेकोले क्यान्सर रोगको बृद्धि दरमा अंकूश लगाउन धेरै हद सम्म ती मूलुकहरु सफल भएका छन् । तर गरिवी, पछौटेपन, शिक्षा दिक्षाको कमीको कारण नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुमा भने समाजमा प्रचलित विभिन्न किसिमका भ्रम र अंध विश्वासका कारण अधिंकाश जनता क्यान्सर रोग परीक्षण गराउन त्यति उत्साहित देखिन्नन् । विशेष गरेर नेपालमा डायवेटिज् उच्च रक्तचाप, मुटु रोगको नियमित परीक्षण गराउन नेपालीहरु केहि हद सम्म राजी भएता पनि क्यान्सर रोगको परीक्षणमा भने उनीहरु आल टाल गर्ने गरेको पाइएको छ । शरीरमा क्यान्सर सम्बन्धी केही लक्षणहरु देखा परेपछि मात्र उनीहरु नेपाल बाहिर विशेष गरेर भारतको विभिन्न अस्पताल अथवा स्वास्थ्य केन्द्रमा जँचाउने गर्छन् । उनीहरुमा आफूहरुलाई क्यान्सर भएको अरुले थाहा पाउँछन् र क्यान्सर रोगीलाई उपेक्षाको दृष्टिले हेर्छन् भन्ने भ्रम छ । कसैकसैले क्यान्सर सरुवा रोग भएको र क्यान्सर रोगीको सम्पर्कमा जान हुन्न जस्ता भ्रम पाल्ने गरेकाले पनि धेरै जसोले क्यान्सर रोग परीक्षण न गराउने र गराउनै परेको खण्डमा नेपाल बाहिरका मुलूकहरुमा परीक्षण र उपाचार गरेको पाइन्छ । यसरी व्यक्तिको मानसिकतामा विशेष गरेर ग्रामिण भेगका र सहरी क्षेत्रका अल्प शिक्षित, र निम्न आय भएका परिवारहरुमा क्यान्सर सम्बन्धि यस प्रकारको भ्रम रहेकोले पनि नेपालमा क्यान्सर मृत्यु दरमा अकल्पनिय बृद्धि भएको छ । फेरी केही शिक्षित र सम्पन्न परिवारमा समेत क्यान्सर भए बाचिन्न र बाँचे पनि क्यान्सर रोग पछिको जीवन वेकार हुन्छ भन्ने सोच राख्नेहरुको संख्यामा समेत कमि छैन ।

 

प्रतिक्रिया दिनुहोस्